महिला क्रिकेटको उपाधि एपिएफलाई



नरेन्द्र केसी, घोराही, दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधि एपीएफले हात पारेको छ ।

महिला क्रिकेटको उपाधिको लागि प्रदेश नम्बर १ र एपीएफकाका बिचमा प्रतिस्पर्धा भएको थियो । एपिएफ ८७ रनले विजयी भएको छ । महिला क्रिकेटमा दोस्रो प्रदेश नम्बर १ र तेस्रो सुदुरपश्चिम प्रदेश भएको छ ।
टस जितेर प्रदेश नम्बर १ ले वलिङ्ग गरेको थियो । एपीएफले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १ सय २८ रन वनायो । जसमा ज्योति पाण्डेले ४५, सिताराना मगर ४२ रन जोडेका थिए । बलिङ्ग तर्फ प्रदेश १ का रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३÷३ विकेट हासिल गरे ।

प्रदेश नम्बर १ को ब्याटिङ १९.४ ओभरमा अलआउट हुदै ४१ रनमा समेटिन पुग्यो । रश्मि शर्मा चौलागाइ अविजित हुदै २७ रन जोडिन । वलिङ्गमा एपीएफका रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २÷२ विकेट हात पारेका थिए ।

प्रतियोगितामा प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन । वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सवोमेन प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन ।

पुलिस कराँतेमा च्याम्पिएन
नेपाल पुलिस क्लब आठौ राष्ट्रिय खेलकुदअन्तर्गत् कराँतेमा च्याम्पिएन बनेको छ ।

दाङको तुलसीपुर स्थीत कर्भडहलमा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल प्रहरी सर्वा्धिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउदा ३ नं प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतिय स्थान हासिल ग¥यो ।

प्रतिक्रिया दिनुहोस्