बम बिस्फोटनले क्रिकेटर दासुनलाई डर



नेगोम्बो, श्रीलंका (एजेन्सी)
इस्टरको अवसरमा श्रीलंकामा भएको भयानक बम बिस्फोटमा बचेका क्रिकेटर दासुन शनाकाले त्यो विभत्स घटनाबाट बाहिर उम्किन नसकेको बताएका छन् । उनलाई अझै पनि बाहिर निस्कन डर महसुस भइरहेको बताइयो । २७ वर्षीय अलराउन्डर खेलाडीले बताए कि उनी एक दिन अघि नै लामो यात्राबाट फर्केका थिए । यसैले उनी आफ्नो गृहनगर नेगोम्बोस्थित सेन्ट सेबास्टियन गिर्जाघरमा प्रार्थनाको लागि जान सकेका थिएनन् ।

सेन्ट सेबास्टियान चर्चस्थित रहेका ६ होटलहरु र गिर्जाघरनेर आत्मघाती आक्रमणकारीले निशाना बनाएका थिए । आईतबार भएकोे बम बिस्फोटनबाट करिब ३ सय २१ जनाको मृत्यु भएको र सयौं घाइते भएका थिए । श्रीलंकामा गृह युद्ध समाप्त भएर शान्ति छाइरहेको एक दशकपछि फेरि त्यहाँ भीषण आक्रमण भएको छ । उनले बताए—त्यो बेहान म आफनै घरमा थिएँ । मैले विस्फोटन भएको आवाज सुने र मानिसहरु बम बिस्फोटन भयो भनेर कराइरहेका थिए । मैले छिटै चर्चतिर दौडेर गएँ । जब मैले त्यहाँको दृश्य देखेँ त्यो कहिल्यै भुल्न सक्ने छैन ।

श्रीलंकाका लागि ३ टेस्ट, १० वानडे अन्तर्राष्ट्रिय र २७ टी २० खेल खेलेका शनाकाले थपे—चर्च पुरै क्षतिग्रस्त भयो । सबै कुरा छताछुल्ल भएको थियो । मानिसहरु शबहरुलाई बाहिर तानिरहेका थिए । जसले पनि त्यस्तो विभत्स घटना देखे उनलाई लाग्छ कि त्यहाँ कोही पनि बचेका थिएनन् । मलाई मेरी आमा र हजुरआमालाई हेर्नु थियो । वहाँहरु बाँचे कि बाँचेनन् मेरो मुटुले नै काम गरेन जस्तो भइसकेको थियो । तर दुबैजना बचे । मेरी हजुरआमालाई टाउकोमा चोट परेको थियो । उनको शल्यक्रिया गर्नु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्