दोश्रोपटक भूकम्प गयो, पहिलो भूकम्प ५ दशमलव २ म्याग्नेच्युट



काठमाडाैं । काठमाडौंमा धक्का दिने गरेर बुधबार बिहान दुई वटा भूकम्प गएको छ ।

बुधबार बिहान करीव साढे छ बजे र त्योभन्दा अगाडि गरेर दुई पटक भूकम्प गएको हो । भूकम्पले बाह्रबीसेतिर केन्द्र बिन्दू बनाएको छ ।

पहिलो भूकम्प ५ दशमलव २ म्याग्नेच्युट रहेको भूकम्पमापन केन्द्रले जनाएको छ ।

साढे ६ बजेको दोस्रो भूकम्पको म्याग्नेच्युट अझै खुलेको छैन । भूकम्पको धक्कापछि काठमाडौं उपत्यकामा भागाभाग भएको थियो । सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्