फोनमा कुरा गर्दागर्दै आफ्नै बच्चामाथि यसरी चलाए गाडी (भिडियो)



काठमाडाैं । फोनमा कुरा गर्दै गाडी चलाउँदा भारतको दिल्लीस्थित भरत नगरमा गम्भिर दुर्घटना भएको छ । गाडी चलाइरहेका व्यक्तिले तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् । त्यसपछि बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढिरहेको देखिन्छन् । तर ती बच्चालाई गाडीले किच्छ । गाडीले बच्चालाई केही परसम्म घिसारेको पनि देख्न सकिन्छ । यसबारे गाडी चलाउने व्यक्तिलाई तत्काल थाहा हुँदैन किनभने उनी फोनमा कुरा गरिरहका थिए ।

बच्चालाई गाडीले किचेपछि वरिपरिका मानिसहरु होहल्ला गर्छन् । त्यसपछि गाडी चलाउने व्यक्ति आउँछन् र बच्चालाई लिएर अस्पताल जान्छन् । भिडियोमा बच्चा रगताम्मे भएको देख्न सकिन्छ । गाडी चलाउने व्यक्ति ती बच्चाको बुवाको साथी बताइन्छ । जसको नाम आस मोहम्मद हुन् । बच्चाको नाम गुलाम हो । पुलिसका अनुसार बच्चाको बुवाको आग्रहमा नै आस मोहम्मदले उनलाई घरसम्म पुर्याएका थिए । तर फोनमा कुरा गरिरहेका कारण उनीबाट यस्तो दुर्घटना हुन पुग्यो । दुर्घटनापछि बच्चालाई दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको छ जहाँ बच्चालाई AIIMS मा रिफर गरिएको छ । उनको स्थिती गम्भीर भएको बताइन्छ ।

भरत नगर पुलिसले सिसिटिभी फुटेको आधारमा कार सवारविरुद्ध मुद्दा दर्ता गरेको छ ।

https://youtu.be/OfvcTvEESUo

 

प्रतिक्रिया दिनुहोस्