नर्भिक २ सय ५० शैय्याको अत्याधुनिक अस्पताल बन्दै



भगवती तिमल्सिना
सन् १९९३ मा शुरूआत भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। २६औ वार्षिकोत्सव समारोहकै हिस्साका रूपमा नर्भिकले विगत १५ दिनदेखि विविध कार्यक्रम गर्दै आइरहेको थियो। तिनमा बृहत् रक्तदान कार्यक्रम, खेलकुद (आन्तरिक भलिबल÷क्रिकेट) र हाजिरीजवाफ प्रतियोगिता रहेका थिए।

२६औं वार्षिकोत्सवका अवसरमा नर्भिकका अध्यक्ष, कवि÷गीतकार वसन्त चौधरीले नर्भिकमा स्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को समुद्घाटन गर्नुभएको थियो। उक्त केन्द्रको व्यवस्थापनपश्चात् आफ्ना बिरामीलगायत अन्य सर्वसाधारणलाई आवश्यकता पर्ने रगतको भण्डारण आफैस“ग हुने, क्रस म्याचलगायतका सेवाहरू छिटो, छरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा बिरामीको बहुमूल्य समय बचाउ“दै ज्यान बचाउनसमेत मद्दत पुग्नेअस्पतालले जनाएको छ।


नेपाली चिकित्सा फा“टका विविध विधामा अग्रणी हुने श्रेय पाएको नर्भिकले आफूलाई अभैm परिस्कृत पार्ने र स्वास्थ्य सेवामा विविधीकरण एवं विशिष्टीकरण गर्दै दक्षिण–पूर्वी एसियाकै एक उत्कृष्ट, उदाहरणीय एवं नमुनायोग्य हस्पिटलमा परिणत गर्ने कार्यको थालनी यसै वर्ष गर्ने अठोटका साथ अघि बढेको छ।

अध्यक्ष चौधरीले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आगामी ३ वर्षभित्र अनुमानितरूपमा अहिले भइरहेको अवस्थामा थप २ सय करोड लगानीमा अत्याधुनिक २ सय ५० शैøयायुक्त अस्पताल बन्ने बताउनुभयो। करिब ५० जना कर्मचारीद्वारा शुरूआत गरिएको २५ शैøयायुक्त नर्सिङ होम हाल करिब ९ सय चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरूको कर्मथलो बनेको र १ सय ५० शैøयायुक्त रहेको बताउ“दै आगामी सन् २०२२ भित्रै यसलाई २ सय ५० शैøयायुक्त अति विशिष्ट हस्पिटलका रूपमा विकास गरिने बताउनुभयो।


हस्पिटलका भौतिक र प्राविधिक पूर्वाधारहरू जतिसुकै बढेता पनि नर्भिकले सदैव बिरामीको सर्वोपरी हितलाई ध्यान दिने प्रतिबद्धता दोहो¥याउ“दै नर्भिक हिजो बिरामी सेवामा समर्पित थियो, आज पनि समर्पित छ र भोलि पनि सोहीअनुरूप समर्पित रहने दृढता व्यक्त गर्नुभयो।

हस्पिटलको प्रबन्ध निर्देशक मेघा चौधरीको स्वागत मन्तव्यबाट शुरू गरिएको कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरूमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कज जलानले नया“ उचाइमा पुग्दै गर्दा नया“ चुनौती पनि आइपर्ने र त्यस्ता सबै चुनौतीको सामना गर्न नर्भिक सक्षम रहेको बताउनुभयो। नर्भिक राष्ट्रकै एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्था भएको, यसप्रति सर्वसाधारणको अत्यन्त ठूलो आस्था र भरोसा रहेको भन्दै यसलाई आफूहरूले कायमै राख्ने समेत डा. जलानले बताउनुभयो।

सोही अवसरमा बोल्दै नर्भिकको पाचन प्रणाली उपचार केन्द्र (यास्ट्रोइन्टेरोलोजी) का विभागीय प्रमुख वरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फा“टलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन जति काम गरेको छ, त्यति कुनै पनि नेपाली सरकारी र गैरसरकारी हस्पिटलहरूले गर्न सकेका छैनन् भन्नुभयो।

जसरी मुटुरोग उपचारमा नर्भिकले राष्ट्रमै सर्वप्रथम इन्टरभेनसन प्रविधि भिœयाई अग्रणी हुने श्रेय पायो, त्यसरी नै पाचन प्रणाली उपचारमा अत्यावश्यक इन्टरभेनसन प्रविधि भिœयाउने नर्भिक राष्ट्रकै पहिलो हस्पिटल रह“दै ईआरसीसी इन्डोस्कोपिक अल्ट्रासाउन्ड, इन्टेरेस्कोपीजस्ता प्रविधि भिœयाउनेमा राष्ट्रकै पहिलो हो। साथै विगत १० वर्षमा पाचन प्रणाली उपचारका क्षेत्रमा निकै ठूलो फड्को मारेको डा. घिमिरेले दाबी गर्नुभयो। त्यसै गरी नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्राडा अचला वैद्यले विगत १४ वर्षमा नर्भिकमा प्रसूति तथा स्त्रीरोग उपचारमा अन्तर्राष्ट्रियस्तर कायम गर्न सकेको भन्दै सब–फर्टिलिटी, फिटल मनिटरिङ, मेनोपाउजजस्ता विषय विशेषज्ञ उपचार सेवा दि“दै हाल प्रिभेन्टिभ अन्कोलोजी र विशेष परामर्श (काउन्सेलिङ) युनिटमार्पmत सेवा शुरू गरेको हु“दा देशैभरबाट आउने रेफरल केसहरू सफलतापूर्वक व्यवस्थापन गर्न सकेको बताउनुभयो।

समारोहमा वरिष्ठ छाती तथा श्वास–प्रश्वास रोग विशेषज्ञ प्राडा रमेश चोखानी, वरिष्ठ मुटुरोग विशेषज्ञ (इन्टरभेन्सनल कार्डियोलोजिस्ट) तथा मुटुरोग विभागीय प्रमुख प्राडा यादवदेव भट्ट, वरिष्ठ हाडजोर्नी विशेष तथा हाडजोर्नी विभागीय प्रमुख डा. प्रवीण नेपालले आ–आफ्ना फ्याकल्टीलाई अभैm कसरी उच्चस्तरीय पार्ने भन्ने विषयमा आफूहरू दत्तचित्त रहेको बताए।
उपचारमा नवीनतम प्रविधि भिœयाउने क्रममा हाल कायरोप्राक्टिक सेवा नेपालमै पहिलोपटक शुरू भइसकेको र अन्य सेवाहरू शुरूआतकै क्रममा रहेको पनि बताइयो।

कार्यक्रममा हस्पिटलका दीर्घसेवी कर्मचारीहरू र उत्कृष्ट विभागीय कर्मचारीहरू पुरस्कृत र सम्मानित गरिएको थियो।
हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको पहिलो सत्रको औपचारिक समारोहलगत्तै दोस्रो चरणको सांस्कृतिक, सांगीतिक एवं अन्य मनोरञ्जनात्मक कार्यक्रमसहित दोस्रो सत्र शुरू भएको थियो। दोस्रो सत्रमा कर्मचारीहरूको समूहद्वारा रोचक नृत्य, थारु नृत्य, गीत र फेसन शोसमेत प्रस्तुत भएका थिए। दोस्रो सत्रको सांस्कृतिक र सांगीतीक कार्यक्रमका बीचमा क्रिकेट र भलिबल प्रतियोगितका प्रथम र द्वितीय हुने समूहका सदस्यहरूलाई प्रबन्ध निर्देशकले र हाजिरीजवाफ प्रतियोगिताका विजयी कर्मचारीहरूलाई कार्यकारी निर्देशकले पुरस्कार प्रदान गर्नुभएको नर्भिक अस्पतालका नायब महाप्रबन्धक संस्थागत सञ्चारका आरपी मैनालीले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्