श्रीलङ्का आक्रमणमा कम्तीमा ४५ बालबालिकाको मृत्युः राष्ट्रसङ्घ



स्वीट्जरल्याण्ड ।
श्रीलङ्कामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

राष्ट्रसङ्घीय बालबालिका कोष ९यूनिसेफ० का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भन्नुभयो, श्रीलङ्का आक्रमणमा मारिने करिब ३२० मध्ये ४५ जना बालबालिका रहेका अहिलेसम्मको तथ्याङ्क रहेको छ ।

यूनिसेफले श्रीलङ्काको नेगोम्बोस्थित सेन्ट सेवेस्टन चर्चमा प्रार्थनाका लागि पुगेका २७ जनाको मृत्यु भएको र १० जना घाइते भएको उल्लेख गरेको छ । देशका अन्य भागमा सोही दिन भएका विष्फोट, आक्रमण र भागदौडका क्रममा थप १८ जनाको मृत्यु भएको यूनिसेफले बताएको छ ।

पूर्वी शहर बाट्टिकालोआमा डेड बर्षे एक शिशुसहित १३ बालबालिकाले ज्यान गुमाएका पनि यूनिसेफको रिपोर्टमा उल्लेख छ ।

मारिनेमा ४० जना बालबालिका स्वदेशी रहेका र बाँकी पाँच जना विदेशी बालबालिका रहेका तथ्याङ्क यूनिसेफले दिएको छ ।

विश्वलाई त्रसित बनाएको उक्त आक्रमणमा अझै दर्जनौ बालबालिकाको गम्भीर घाइते अवस्थामा राजधानी कोलम्बोमा २० बालबालिकाको उपचार भैरहेको र यसमध्ये विभिन्न अस्पतालका चार जनालाई सघन उपचार कक्षमा राखी उपचार भैरहेकोे छ । उनीहरूमध्ये केहीको अवस्था खतरामुक्त अवस्थामा नरहेको अस्पतालले जानकारी दिएकोले मृतक बालबालिकाको सङ्ख्यामा थप केही वृद्धि हुनसक्ने यूनिसेफले जनाएको छ ।

घटनामा डेनमार्कका अर्बपति एन्डर्स होल्क पोवल्सनका चार सन्तानमध्ये तीनको पनि मृत्यु भएका तयारी पोसाकको खुद्रा विक्री समूह वेस्टसेलरका प्रवक्ताले जनाएका छन् ।

सरकारले श्रीलङ्काले स्लामिक समूह नेशनल तौहिद जमातलाई प्रमुख शङ्काको घेरामा राखी अनुसन्धान शुरू गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्