ज्यानलाई पर्नु पीर परो



नेकपाको एकताको टुङ्गो बल्ल बल्ल एक वर्षमा लागेको छ । तर यो टुङ्गो लागेपछि धेरैको मुख उजेलो छैन । धेरै नेता÷कार्याकर्ता निराश देखिएका छन् । अध्यक्ष र सचिव भइयो भनेर अग्रीम बधाई थापेका कोही कोही निराश हुँदै मुड फ्रेस गर्न काठमाडौँ आउने तरखरमाा छन् भने कोही कोही आ–आफ्नो गुट बलियो भएन भनेर कनकन कनकन गरिरहेका छन् । कोही भने पूर्व एमालेका यति जना माओवादीका उति जना भनेर औँला भाँच्नमै व्यस्त छन् ।

वास्तवमा भन्ने हो भने कतिपयमा अहिलेसम्म भावनात्मक एकता नभएको देखेको छ धरहराले तर दुई अध्यक्षमा चाहिँ एकता भएको देखिएको छ किनकि सोमबारको प्रेस विज्ञप्ति पनि दुवै अध्यक्षले बाँडीचुँडी पढेका थिए । हुन नीति बनाएरै जिल्लाका अध्यक्ष र सचिव तोकिएका रे ! यसो गर्दा आफ्नै गुट चलाउनेलाई पनि आफ्नो गुटको मान्छे परेन भनेर पीर प¥या छ रे । अनि निरन्तर राजनीति गरेर पनि कुनै पद नपाउनेलाई त झन् पीर पर्ने नै भयो । नीति बनाएकाले नमानी पनि सुखै भएन । त्यसो भए के गर्ने त ज्यानलाई पर्नु पीर नै पर्ने भयो !

प्रतिक्रिया दिनुहोस्