आयंकाको अर्को जुनी खै कुन्नि



आयक नायिका आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको जोडी आयंकाले अभिनय गरेको अर्को जुनी खै कुन्नी बोलको गीतको म्युजिक भिडियोले लोकप्रियता पाएको छ। लोकप्रियताको शिखर चुम्दै यो गीतको भिडियो युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा पुग्न सफल भएको थियो।

गायक सरोज ओली र गायिका मेलिना राईले गाएको गीतले सबैलाई उछिन्दै युट्युब ट्रेन्डिङमा पहिलो नम्बरमा पुग्न सफल भएको थियो। दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्।

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिश फागोले गरेका छन्।

वैवाहिक कार्यका विविध दृश्यहरू म्युजिक भिडियोमा समेटिएको छ। मेहन्दी, हल्दीदेखि विवाह मण्डपसम्म प्रियंकालाई आयुष्मानले डोलीमा चढाएर लगिएका दृष्य म्युजिक भिडियोमा छ। यसअघि सरोज र मेलिनाको स्वर रहेको माछीले खाने खोलीको लेऊ गीतले एक महिनामै करोड दर्शक पाएको थियो।

प्रतिक्रिया दिनुहोस्