नेकपाले आज जिल्ला कमिटी एकता घोषणा गर्दै



काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेकपाको जिल्ला कमिटी एकता घोषणा आज गर्ने भएको छ ।

आइतबार लामो जिल्ला तहको पार्टी एकता टुंग्याएपछि आज समोबार जिल्ला कमिटी एकता घोषणा गर्ने भएको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो ।

जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष ९प्रमुख० रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । जनप्रतिनिधि अथवा राजकीय पदमा रहेका व्यक्तिलाई यसअघि जिल्लाको कार्यकारी पदको जिम्मेवारी नदिने भनी सचिवालयले नै बनाएको मापदण्ड भने उल्टिएको छ ।

जनवर्गीय सङ्गठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामावली भने केही दिनभित्र त्यो पनि पूरा निष्कर्षमा पुग्ने बताइएको छ । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्