२५ खर्बका ३१ आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ताको आवेदन



नेपाल समाचारपत्र, काठमाडौं
अघिल्लो महिना सम्पन्न लगानी सम्मेलनका क्रममा ‘सोकेस’मा राखिएका ७७ आयोजनामध्ये ३१ वटा आयोजनामा विदेशी लगानीकर्ताले लगानी गर्नका निम्ति आवेदन दिएको लगानी बोर्डले जनाएको छ । बोर्डले आइतबार पत्रकार सम्मेलन गरी २५ खर्ब रुपिया“बराबारका आयोजनामा आवेदन दिएको जनाएको हो।

बोर्डका अनुसार सम्मेलनका क्रममा सोकेसमा राखिएका २६ र त्यस बाहिरका ५ आयोजना गरी ३१ वटा आयोजनामा आवेदन परेको हो । सम्मेलनमा सरकारी क्षेत्रबाट ५० आयोजना र निजी क्षेत्रबाट २७ वटा आयोजना सोकेसमा राखिएका थिए। जसमध्ये १५ वटा आयोजनामा सम्मेलनकै क्रममा सम्झौता भएका थियो । आवेदन परेका आयोजनामा कृषिका ५ परियोजनामा ७, स्वास्थ्य तथा शिक्षाका २ परियोजनामा २, ऊर्जाका ७ परियोजनामा ८, उद्योगको १ परियोजनामा १, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायातका ९ परियोजनामा २२ र शहरी विकासमा ४ परियोजनामा परेको बोर्डले जानकारी दिएको छ।

यसअघि लगानी बोर्डको ३७औं बैठकले सोकेसमा रहेका आयोजनामा लगानी गर्नका निम्ति आवेदन दिने म्याद एक महिना थप गरेको थियो। ती आयोजनामा लगानी गर्ने प्रतिबद्धताका लागि अप्रिल २० तारिखसम्म म्याद तोकिएकोमा त्यसलाई एक महिना बढाइएको हो ।
लगानी बोर्ड स्रोतका अनुसार विदेशी लगानीकर्ताको चासो बढ्दै गएका कारण आवेदन दिने म्याद बढाइएको हो । ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लगानीकर्ताको चासो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्