काठमाडौं–नयाँ दिल्ली हवाई भाडा वृद्धि रोक्न प्राधिकरणको दबाब



 

नेपाल समाचारपत्र, काठमाडौं
अस्वभाविक रुपमा पछिल्लो दिनमा काठमाडौं– नया“दिल्ली हवाई भाडा दर वृद्धिप्रति नियमक निकाय नागरिक उड्डयन प्राधिकरणले चासो राखेको छ । प्राधिकरणले सो क्षेत्रमा हवाई उडान गरिरहेका सेवा प्रदायक कम्पनीलाई आइतबार बोलाएर छलफल गरेको हो ।

प्राधिकरणले नेपाल वायुसेवा निगम, एयर इन्डिया र इन्डिगो एयरका प्रतिनिधिस“ग छलफल गरेको छ । काठमाडौं–नया“दिल्ली उडान गरिरहेको जेट एयरवेजले उडान बन्द गरेस“गै यात्रुको चाप बढेपछि भाडा वृद्धि भएको छ ।

छलफलमा एयरलाइन्सका प्रतिनिधिले तोकिएको भाडा नबढाएको दाबी गरेको बताइएको छ, विमानको उडान संख्या घटेस“गै यात्रुको चाप बढेर गएको हो, भाडावृद्धि नभएर निर्धारित भाडा दरभित्रकै मूल्य लिएको जनाएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो । यात्रुको चापले सस्तो निर्धारण गरिएको टिकट बुक भइसक्ने र बा“की टिकट निर्धारण गरिएको महं“गो फियर बच्ने भएकाले त्यही टिकट बजारमा पाइने हु“दा भाडा वृद्धि गरेको जस्तो लागेको मात्र हो, खासमा टिकटको मूल्य नढाएको प्रतिनिधिहरुले बताएको उपमहानिर्देशक पोखरेलको भनाइ छ ।

प्राधिकरणले भाडा नबढाउन र सहज व्यवस्थापन गर्नेको लागि एयरलाइन्सहरुलाई निर्देशनसमेत दिएको छ । एयरलाइन्सले चा“डै भाडा दरको वस्तुस्थिति बुझेर केन्द्रीय कार्यालयहरुस“ग आन्तरिक छलफल गरेर प्राधिरकणलाई प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएका छन् । भाडादर यात्रुको चापका आधारमा एयरलाइन्स कम्पनीहरुले निर्धारण गर्दै आएका छन् । प्राधिकरणले भाडा बढाउनुभन्दा उडान संख्यामा वृद्धि गर्नको लागि एयरलाइन्स कम्पनीहरुलाई सुझाव दिएको छ ।

विगतमा आठ हजारबाट शुरू हुने एकतर्फी भाडा अहिले बढेर ३५ हजार रुपिया“भन्दा बढी पुगेको यात्रुको गुनासो छ। भारतको इन्डिगो, एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले दुईतर्फी उडान गरिरहेका छन्।
निगमले हाल सातामा ११ उडान भरिरहेको भए पनि मे १ बाट ३ उडान थप गरेर १४ उडान गर्ने भएको छ भने इन्डिगो हाल हरेक दिन १ उडान गरिरहेकोमा अब २ उडान थप गर्ने भएको छ ।

त्यस्तै एयर इन्डियाले दैनिक १ उडान भर्दै आएको छ । भारतीय हवाई सेवा कम्पनी स्पाइस जेटले दिल्ली–काठमाडौं–दिल्ली उडानको तयारी गरेको छ। यसअघि पनि यो रुटमा उडान गरिसकेको सो एयरलाइन्सले पुनः उडानका लागि प्राधिकरणस“ग प्रस्ताव गरेको प्राधिकरणले जनाएको छ । सो कम्पनीले उडान शुरु गरेस“गै हाल देखिएको समस्या समाधान हुने उपमहानिर्देशक पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्