बेपत्ता युवाको दुधकोशीमा शव फेला



खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा पर्ने दुधकोसी नदीमा बेवारिसे अवस्थामा शब फेला परेको छ । गत चैत्र ३० गतेदेखि सम्पर्क बिहिन भएका ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेका आईतमान राईको शव दुधकोसी नदीमा फेला परेको हो ।

३५ वर्षीय राईको शव शुक्रबार दिउँसो बाहुनीडाँडाको लुलीमा पुछारमा पर्ने सान्ने दोभानमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बेवारिसे शव फेला परेको खबर पाएपछि आएका आफन्तले आईतबार मृतकको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताउनुभयो ।

नदीको पानीमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको शव शनिबार पोष्टमार्टमका लागि जिल्ला अस्ताल पु¥याइएको थियो । आफन्तले जिल्ला अस्पताल पुगेर मृतकको पहिचान गरेका हुन् । मृतकको शव पोष्टमार्टमपछि सोमबार आफन्तलाई जिम्मा दिने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्