रवि नचाइन् ज्योतिले



पा“चथर, (नेस)। हट गायिका र नृत्यंगनाका रूपमा परिचित गायिका ज्योति मगरले सा“झ पा“चथरको रविमा थुपै्र युवालाई नचाइन्।
स्थानीय राइजिङ स्टार स्पोर्टिङ क्लबको सहयोगार्थ आयोजना गरिएको रमाइलो मेलाको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा मगरले दर्शकलाई नचाएकी हुन्। साडी र मगर जातिको पोशाकमा मञ्चमा छिरेर गीत गाउ“दै गएपछि साडी फुकालेर जामामा पुगेर दर्शकलाई मनोरञ्जन दिलाएकी थिइन्। उनले आफ्ना पुराना र केही नया“ गरी एक दर्जन गीत प्रस्तुत गरेर दर्शकलाई नचाएकी थिइन्। उनले खोलीभित्र पानी, नयनमा काजल होस्, पिरतीमा दम छ, सुर्खेतमा, उही मुलाको सिन्की उही मुलाको चाना, ढाडे बिरालोजस्ता गीत प्रस्तुत गरेकी थिइन्।

आफ्ना प्रस्तुतिमा हट गीत र त्यस्तै नृत्य गर्न खप्पिस मगरले बेलाबेलामा भने सामाजिक सन्देशसमेत बा“डेकी थिइन्। मगरले जाली रूमाल, कालो रातमा रमाइलो भो, म त नाच्ने हो छोटो साडीमालगायतका गीत प्रस्तुत गरेर खास गरी युवाहरूलाई नचाएकी थिइन्। कार्यक्रममा मेलाका कलाकार मेघराज अड्काले कमेडी नृत्य, गौरव लिम्बु र अस्मिता लिम्बुले लोक नृत्य र सविना रिजालले हट नृत्य गरेका थिए। कार्यक्रममा कलाकार गौरव लिम्बुले आकाशैमा, त्यो फूल टिपी र तुलसी आगनमा रोपौंलाजस्ता गीतहरू गाएर दर्शकको मन जितेका थिए। पहिलोपटक रवि आएकी ज्योतिले अन्य ठाउ“को जस्तो आ“खै छोप्नुपर्ने प्रस्तुति भने गरिनन्।

प्रतिक्रिया दिनुहोस्