अस्पतालको शौचालयमा नर्सको शव भेटियो



जनकपुर । जनकपुरमा अस्पतालको शौचालयमा नर्सको शव भेटिएको छ ।

केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी २५ वर्षीया आलेले शनिबार राति १ बजे शौचालयको फलामे पाइपमा सलले पासो लगाई आत्महत्या गरेको बताइएको छ ।

उनको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्