राष्ट्र्पति ट्र्म्प विरुद्ध महाअभियोग लगाउनु पर्छ: सिनेटर



वासिंगटन (एजेन्सी)
डेमोक्र्याट सिनेटर एलिजाबेथ वारेनले अमेरिकाको प्रतिनिधि सभासँवग राष्टपति डोनाल्ड ट्र्म्प विरुद्ध महाअभियोगको कारवाही अगाडी बढाउन अपिल गरेकी छिन् ।

यस प्रकारको अपिल गर्ने उनी राष्टपति पदकी पहिलो उम्मेदवार हुन् । उनले चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट आएको नतिजाका आधारमा उक्त अपिल गरेकी हुन् ।

म्यासाच्युसेट्सबाट सिनेटर वारेनले ट्विटमा लेखेकी छिन् ( मुलरको प्रतिवेदनले त्यसता तथ्यहरु दिएका छन् जसमा एक शत्रु विदेशी सरकारले डोनाल्ड ट्र्म्पलाई मद्दत गर्न हाम्रो २०१६ को चुनावमा हमला गर र डोनाल्ड ट्र्म्पले उक्त मद्दतलाई स्वागत गरे । निर्वाचित भएपछि डोनाल्ड ट्र्म्पले यस मामिलाको जाँचमा बाधा पुर्याए ।

विशेष अधिवक्ता रोबर्ट मुलरले २२ महिनाको छानबिनपछि तयार पारेको नतिजाको संशोधित प्रतिवेदन जारी गरेको एक दिनपछि नै उनले उक्त अपिल गरेको हो । ४ सय भन्दा धरै पृष्ठ रहेको प्रतिवेदनमा चुनाव प्रचार अभियानमा रुसको हस्तक्षेपको प्रयाससँग ट्र्म्पको कुनै साँठगाँठ नभएको तर राष्ट्र्पति रुसको उक्त षडयन्त्रबाट फाइदा पुगेकोमा खुशी रहेको उल्लेख गरिएको छ । ट्र्म्पले लगातार मुलको जाँचमा पनि ब्यवधान पुर्याउने प्रयास गरेका थिए । वारेनले भने ( यसको अर्थ संसदले अमेरिकाका राष्ट्र्पति विरुद्ध महाअभियोगको कारवाही शुरु गर्नु पर्छ ।

यसबीच रुसले मुलरको प्रतिवेदनलाई लिएर यसमा कुनै नयाँ कुरा अगाडी नआएको जनाएको छ । रुसी राष्टपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले प्रतिवेदनमा उल्लेखित कुराहरु रुसले शुरु देखि नै भन्दै आइरहेको प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रतिवेदन जारी गर्दै महान्यायधिवक्ता विलियम बरले यसमा न्यायिक प्रक्रियामा बाधा पुर्याएको आरोपका बारेमा ट्र्म्पसँग जोडिएका १० मामिलामा छानबिन भएको बताएका थिए ।

मुलरको प्रतिवेदनका लागि १७ महिनाको छानबिनका क्रममा ५ सय साक्षीसँग बयान, ५ सय तलासी वारेन्ट, १४ लाख पत्रको जाँच र राष्ट्र्पति तर्फबाट भएको अभुतपुर्व सहयोगपछि यसमा कुनै आपराधिक गल्ती वा साँठगाँठ नभएको प्रस्ट भएको विज्ञप्तीमा उल्लेख गरेको थियो ।

ट्र्म्पको प्रतिक्रिया
अमेरिकी राष्ट्र्पति ट्र्म्पले विशेष अधिवक्ता मुलको प्रतिवेदनमा आफनो प्रतिकुल बयानलाई मनगढन्त भएको बताउँदै त्यसमा लगाइएको आरोपलाई अस्विकार गर्दै ती दस्तावेजलाई मुर्खतापुर्ण भएको बताए । राष्ट्र्पतिले ट्विटमा, ट्र्म्पसँग घृणा गर्ने १८ असन्तुष्ट डेमोक्र्याटद्वारा तयार ।

क्रेजी मुलर रिपोर्ट ।।। मा केही खास ब्यक्तीले मेरो विषयमा जुन बयान दिए त्यो मनगढन्त र पुर्ण रुपमा असत्य हुन्, लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्