सिटीलाई महत्वपूर्ण तीन अंक



फिल फोडेनको पहिलो प्रिमियर लिग गोल हुँदा म्यानचेस्टर सिटीले प्रतियोगितामा कडा प्रतिद्धन्द्वी टोटनहामविरुद्ध महत्वपूर्ण तीन अंक जोडेको छ ।

शनिबार इतिहाड रंगशालाको घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै गरेको फोडेनको गोल निर्णायक सावित भएपछि म्यानचेस्टर सिटी १–० गोलअन्तरले जितेको हो । १८ वर्षीय खेलाडीले सर्जियो अग्वेरोको पासमा डाइभ गर्दै गोल गरेका थिए ।

यो जितसँगै सिटी ३४ खेलपछि ८६ अंकसहित शीर्ष स्थानमा रहेको छ । लिभरपुलको यति नै खेलबाट ८५ अंक बनेको छ । प्रिमियर लिगमा सिटी र लिभरपुलको उपाधि होडमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्