नबिल म्युचुअल फन्ड आयो



काठमाडौं, (नेस)
नबिल बैंकले सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा ‘नबिल म्युचुअल फन्ड’ दर्ता गराएको छ ।
नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ –नबिल इन्भेष्ट) ले योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा नबिल म्युचुअल फण्डको पहिलो योजना नबिल ब्यालेन्स्ड् फण्ड १ मा सेवा प्रदान गर्दै आएको थियो ।

नबिल ब्यालेन्सड् फन्ड १ को सम्पन्नभएपश्चात् नबिल म्युचुअल फन्डले आफ्नो तेस्रो योजना नबिल व्यालेन्स्ड फन्ड–२ ल्याएको छ । यो एक बन्दमुखी योजना हो । जसको आकार १ अर्ब २० करोड रुपिया“ र अवधि १० वर्षको रहेको छ । यस योजनाको उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावलीे एवम् निर्देशिकाको अधिनमा रहेर इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणमा जोखिम न्यूनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएकोे मुनाफा इकाईधनीलाई वितरण गर्नु रहेको बैंकले जनाएको छ ।

योजनाको इकाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाइनेछ, जसअनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाई दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।
यस योजना वैशाख ५ गतेदेखि निष्काशन खुल्ला भई छिटोमा वैशाख ९ मा निष्काशन हुनेछ । लगानीकर्ताले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजारदेखि अधिकतम्१२ करोडसम्म लगानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्