मुक्तिनाथ विकास बैंकको शाखा ढुंगेअड्डामा



काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंकले काठमाडौंको, ढुंगेअड्डामा शाखा शुरु गरेको छ ।
उक्त शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गर्नुभयो । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिस लाई व्यवसायी बन्नमा पु¥याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

त्यसैगरी, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैकका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली), चन्द्रागिरी न.पा. वडा नं १५ का अध्यक्ष उत्तमबहादुर राउत, सुन्दरवन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यले बैंकको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।

मुक्तिनाथ विकास बैंकले ११४ वटा शाखा, २२ वटा एटीएम र छ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्