लक्ष्यअनुसारको राजस्व असुली गर्न असफल



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज भन्सार कार्यालय लक्ष्यअनुसारको राजस्व असुलीमा असफल भएको छ । भन्सार कार्यालयमा चैत महिनासम्म १० अर्ब १ करोड ३ लाख ७८ हजार रुपिया“ मात्र संकलन भएको छ । विभागले १५ अर्ब ४४ करोड ४५ लाख रुपिया“को लक्ष्य दिएको थियो।

चैतको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको भन्सार अधिकृत गोपाल खत्रीले बताउनुभयो । आयात कम भएकाले त्यसको असर राजस्व संकलनमा परेको उहा“को भनाइ छ। एहा“का अनुसार साउनदेखि चैतसम्म नौ महिनामा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हु“दै ४५ अर्ब १ करोड मूल्यको सामान आयात भएको छ। अघिल्लो वर्षको चैत महिनामै ६३ अर्ब ९१ करोड मूल्यको सामान भित्रिएको थियो।

विभागले राजस्व असुलीको लक्ष्य बढी तोकेर पठाएको सूचना अधिकारी मनीष महतोले दाबी गर्नुभयो । उहा“का अनुसार सबैभन्दा बढी राजस्व उठ्ने सवारी साधन र औद्योगिक कच्चा पदार्थको पैठारीमा कमी आएको छ। वार्षिक लक्ष्य पूरा गर्न गाह्रो हुने संकेत देखा परिसकेको उहा“ले बताउनुभयो । फागुनमा १२ अर्ब ३४ करोड १९ लाख ३४ हजार राजस्व उठेको थियो।

यो लक्ष्यभन्दा ३ अर्ब १० करोड २५ लाख ९३ हजार अर्थात् २० प्रतिशत कम हो। माघमा १० अर्ब ४१ करोड ८५ लाख ५ हजार मात्र संकलन भयो। यो लक्ष्यभन्दा ३ अर्ब ३० करोड ९९ लाख ६३ हजार (२४ प्रतिशत) कम हो। पुसमा २ अर्ब ५३ करोड २८ लाख ७२ हजार (१९ प्रतिशत), मंसिरमा २ अर्ब १५ करोड ९ लाख ३० हजार (१६ प्रतिशत) र कात्तिकमा २ अर्ब ६६ करोड ७५ लाख ५५ हजार (२१ प्रतिशत) कम राजस्व संकलन भएको थियो।

पुसमा ११ अर्ब १९ करोड ५५ लाख ९६ हजार, मंसिरमा ११ अर्ब ५७ करोड ७५ लाख ३८ हजार र कात्तिकमा ११ अर्ब ६ करोड ९ लाख १३ हजार मात्र उठेको तथ्यांकमा छ।

प्रतिक्रिया दिनुहोस्