कर्णालीमा १२ प्रतिशत बजेट खर्च



दीपेन्द्र शर्मा
चालू आर्थिक वर्षको नौ महिनामा कर्णाली प्रदेशले १२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । कर्णाली प्रदेश सरकारको योजना तथा बजेट कार्यान्वयनको अवस्थाको बारेमा आयोजित कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारले चालू आवको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको हालसम्मको खर्च भएमध्ये पु“जीगततर्फ १६ दशकमलव ४८ प्रतिशत र चालूतर्फ १० दशकमलव २७ प्रतिशत गरी १२ प्रतिशत बजेट खर्च भएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री ज्वालाका अनुसार आव २०७५÷७६ को विनियोजित बजेटमा अख्तियारी २६ अर्ब २८ करोड ३६ लाख १७ हजार पा“च सयमध्ये ३ अर्ब ७ करोड २५ लाख ३५० खर्च भएको छ । जसअन्तर्गत चालू खर्चमा एक अर्ब १३ करोड ७६ लाख ८२ हजार १४८ र पु“जीगत खर्च १ अर्ब ९३ करोड ४८ लाख १७ हजार २०१ खर्च भएको उहा“ले जानकारी दिनुभयो ।

उहा“का अनुसार चालू आवको नौ महिनाको अवधिमा सामाजिक विकास मन्त्रालयले सबैभन्दा धेरै २३ दशकमलव ५३ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबैभन्दा कम ४ दशकमलव ९५ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २१ दशकमलव ५६ प्रतिशत,आर्थीक मामिला तथा योजना मन्त्रालयले १६ प्रतिशत, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले ९ दशमलव २६ प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ दशकमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारबाट भएको पु“जीगत तथा चालू खर्चको जिल्लागत रूपमा सबैभन्दा धेरै खर्च मुगु २५ दशकमलव २६ प्रतिशत र सबैभन्दा कम खर्च जुम्लामा ६ दशमलव शून्य ७ प्रतिशत भएको आर्थिक, मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

सचिव निरौलाका अनुसार प्रदेश सरकारको बजेट कार्यान्वयन गर्ने क्रममा डोल्पा १६ दशमलव ९७ प्रतिशत, सल्यान १६ दशकमलव ३३ प्रतिशत, दैलेखमा १५ दशमलव ३९ प्रतिशत खर्च भएको छ ।
त्यस्तै कालिकोट १२ दशकमलव २६ प्रतिशत, सुर्खेत १२ दशमलव २१ प्रतिशत, हुम्ला ९ दशमलव ३४ प्रतिशत, रुकुम ८ दशमलव २६ प्रतिशत र जाजरकोटमा ६ दशमलव ३५ प्रतिशत खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्