वित्तीय साक्षरताका लागि राष्ट्र बैंकद्वारा साइकल-याली



काठमाडौं, (नेस)

नेपाल राष्ट्र बैंकले आफ्नो ६४औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताका लागि साइकल ¥याली गरेको छ।

वित्तीय साक्षरता जगाउनको लागि बैक तथा वित्तीय संस्थाहरुको समेत सहभागितामा नेपाल राष्ट्र बैकले शनिबार केन्द्रीय कार्यालय बालुवाटारबाट साइकल ¥याली शुरु गरेको थियो । सरकारले लिएको सबै नेपालीको बैंक खाता खोल्ने अभियान अन्तर्गत बैंकले साक्षरता जगाउनको लागि राष्ट्र बैकका गर्भनर डा. चिरञ्जीवी नेपालले रिबन काटेर साइकल ¥यालीको उद्घाटन गर्नु भएको थियो ।

बालुवाटारबाट शुरु भएको वित्तीय साक्षारता साइकल ¥याली काभ्रेको नालास्थित चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा पुगी समापन भएको थियो । साइकल ¥यालीमा गर्भनर नेपालसहित बैकका सबै विभागीय प्रमुखहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्