मेगा क्यापिटल मार्केटसुको शुरूवात



नेपाल समचारपत्र, काठमाडौं
मेगा बैंक नेपालको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस्को शुरुवात भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्की र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा मर्चेन्ट बैंकको उद्घाटन गर्नुभएको थियो ।

नेपाल धितोपत्र बोर्डबाट मेगा क्यापिटल मार्केटस्ले गत चैत १८ गते मर्चेन्ट बैंकिङ व्यवसाय गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको थियो । क्यापिटलको अधिकृत पु“जी ३० करोड छ भने चुक्ता पु“जी २० करोड रुपिया“ रहेको छ ।
उक्त कार्यक्रममा मेगा बैंक नेपाल प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मेगा बैंकका देशभर छरिएका १०२ शाखाबाट मेगा क्यापिटलको सेवा उपलब्ध गराउने बताउनुभयो । मेगा बैंकबाटै पु“जीबजारस“ग सम्बन्धित डिम्याट खाता सञ्चालन, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा ग्राहकले पाउने उहा“को भनाइ छ ।

मेगा क्यापिटलको मर्चेन्ट बैंकिङ सेवा त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्सबाट प्रदान गर्ने मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले जानकारी दिनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्