‘सरकार गल्लिमा छ, बाटो नै देख्दैन’



दीपक खड्का पूर्वमन्त्री हुनुहुन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचन जित्नुभएका उहाँ  शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी राज्यमन्त्री हुनुहुन्थ्यो । सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको चाहना अनुसार एउटै पनि काम नभएको दावी गर्ने उहाँ सरकारले कुनै बाटो नलिएको बताउनुहुन्छ । उहाँ सरकार बाटोमा भन्दा पनि गल्लीमा भएको तर्क गर्नुहुन्छ ।

‘सरकारले बाटो बिरायो भन्ने नै छैन किनभने सरकार त गल्लिमा छ’ उहाँ भन्नुहुन्छ ‘ जे जसरी भएपनि कम्युनिस्ट नामको पार्टीले मत पाएको छ, सरकार छ तर भएजस्तो देखिएन ।’ खड्काले सरकार गलत मनाशयले अघि बढेको आरोप लगाउनुभयो । भ्रष्टाचार , अनियमितता र कालोबजारी बढेकोमा उहाँलाई चिन्ता छ । सरकारले राम्रो काम गरोस् भन्ने मेरो पनि चाहना हो भन्ने उहाँ आफ्नो चाहनालाई सरकारले वेवास्ता गरेको बताउनुभयो । खानेपानी राज्यमन्त्री हुँदा मेलम्चीको पानी ल्याउन पहल गरेको बताउँदै उहाँले अन्तिम अवस्थामा आएर निर्माण रोकिनु ठूलो दुर्भाग्य भएको बताउनुहुन्छ । आफूले मन्त्री हुँदा मेलम्चीको लागि रातदिन काम गरेको र अप्ठेरो पर्दा ठाउँमै गएर भुक्तानीसमेत दिएको उहाँको दावी छ ।

नेपाली कांग्रेसमा आन्तरिक द्धन्द्ध बढेकामा उहाँलाई पनि चिन्ता छ । उहाँले कुनैपनि बहानामा कांग्रेसलाई कमजोर पार्न खोजिएको बताउनुहुन्छ । निर्वाचनका बेलामा देखिने अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्नु पार्टीको प्रमुख दायित्व हो भन्ने उहासँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी–

अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्था अत्यन्तै चिन्ताजनक छ । गतसाल भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो वा त्यो आश्वासन दिएर भनेजस्तो मत ल्याउन सक्यो । केही होला कि भनेर जनताले मतदान पनि गरे तर अहिले हिजो उनीहरुलाई मतदान गर्नेहरु पछुताउन थालेका छन् ।

सरकार एकातिर दिनैपिच्छे कमजोर बन्दै गएको छ भने अर्कातिर जनतालाई सधैं गाली गर्दै, आरोप लगाउँदै र हप्काउँदै अघि बढेको छ । साँँच्चै भन्ने हो भने यो सरकार हो कि होइन भन्ने नै ‘कन्फ्युज’ छ । जताततै काण्ड छ, एकपछि अर्को श्रृंखला बढदै गएको छ । तरपनि सरकार टुलुटुलु हेरेर बसेको छ । आपराधिक घटना रोक्नुको साटो उल्टै प्रश्रय दिइरहेको छ । पार्टीगतभन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्नमा नै सबै तल्लीन छन् ।

भनेपछि अब भोलिको दिनमा केही आशा गर्न सकिन्छ कि सकिँदैन ?
यही ताल हो भने आशा त होइन झनै निराशा बढेर जान्छ । अहिलेसम्म कुनैपनि राम्रो काम एउटै भएको कसैले देखाउँछ भने म पुरस्कार दिन्छु । म त विपक्षी पार्टीको मान्छे भएँ केही आलोचना गरौंला तर सत्तापक्षका साथीहरुले पनि हाम्रो सरकार र पार्टी कमजोर भयो भनिरहेको बेला मैले पनि त्यसैमा थप्नु उपयुक्त नहुन सक्छ ।

देशमा नयाँ व्यवस्था फेरिएको छ यसमा धेरैको आशा थियो तर व्यवहार नफेरिँदा ‘जुन जोगी आएपनि कानै चिरेको’ भनेजस्तै भएको छ । २ तिहाइको सरकार भनेर प्रधानमन्त्री ओली घमण्ड गर्दै रमाएका छन् । यो संख्या केबल रमाइलो मान्नका लागिमात्र सिमित रह्यो । सुशासन दिन, रोजगारी सिर्जना गर्न र जनताको हक अधिकार संरक्षण गर्न यो सरकारले सकेन । जिम्मेवार पदमा बसेका मान्छेले दिएका जथाभावी अभिव्यक्तिले नै सरकार के गर्दैछ भन्ने सजिलै बुझ्न सकिन्छ ।

एउटा राम्रो पक्ष लोडसेडिङ अन्त्य भएको छ तर यो सरकारले मात्र गरेको हो भन्नेचाँही होइन । यसअघि पनि धेरै काम भएका थिए जे होस् अहिले यो सरकारमाथि जस गएको छ । तर भोलिको दिनमा केही गर्नै सकिँदैन भन्ने होइन, मुख्य कुरा गर्ने भन्ने सोच पलाउनु जरुरी छ । सधैं अरुलाई गाली गरेर, बक्रनजर लाएर र सरापेर सरकारले अघि सारेको सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा हुन सक्दैन । कि नारा फेर्नुपरो कि व्यवहार । म त भन्छु यो नारालाई परिवर्तन गरेर सुखी म , समृद्ध मेरो परिवार र नातागोता भन्नुपर्ने भएको छ ।

यो बेला सरकारले के गर्नुपर्दथ्यो ?
मुख्यगरी यो सरकारले प्रमुख प्रतिपक्षीको पनि कुरा सनेर अरुसँग पनि सहयोग मागेर जानुपर्दथ्यो । तर अहिले त्यो अवस्था छैन । ममात्र जान्ने हुँ अरु केही होइनन्, केही काम लाग्दैनन् भन्दा यो अवस्था आयो । अरुले पनि जानेका होलान् र केही ज्ञान लिऔं भन्ने सोच नै पलाएन । सँगसँगै नेपाली कांग्रेस किन बोलेन भन्ने प्रश्न पनि आएको छ । यसको खास अर्थ के हो भने सुरुमा नै किन विरोध गर्नु, केही काम गरोस् भनेर चित्त नबुझेका कुरामा पनि चुपचाप भयौं ।

कांग्रेस नबोल्दा अहिले भइरहेको व्यवस्थामाथि नै प्रहार भएको छ, जनताका हक अधिकार खोसिएका छन् । यतिसम्म कि जनताको बोल्न पाउने मौलिक हक पनि खोसिएको छ । पत्रकारलाई नियन्त्रण गर्न अनेक किसिमका कानुन बनाइएको छ । वास्तवमा यो सरकार जनताको हो र जनताकै लागि काम गर्दैछ भन्ने अनुभुति नै हुन सकेन ।

कांग्रेसको भूमिका संसदमा प्रभावकारी हुन सकेन भनिन्छ नि ?
तपाइले भनेजस्तै अरुले पनि गुनासो गरेका छन् तर कुरा के हो भनें हिजोको दिनमा कांग्रेस सत्तामा हु“दा विपक्षीहरुले संसदमा गर्न मिल्ने ÷नमिल्ने सबै काम गरे । कतिपय अवस्थामा त संसद बैठक चल्न नै दिएनन् । अनावश्यक माग राखेर संसद बन्द गर्नु लोकतान्त्रिक पद्धतिविपरीतको कदम हो ।

जताततै काण्ड छ, एकपछि अर्को श्रृंखला बढदै गएको छ । तरपनि सरकार टुलुटुलु हेरेर बसेको छ । आपराधिक घटना रोक्नुको साटो उल्टै प्रश्रय दिइरहेको छ ।

कांग्रेसले अरुलाई पनि पाठ सिकाउने भएकाले भरसक आफैं गल्ती गर्नु हु“दैन । रेलिङ भा“च्ने, कुर्सी तोडफोड गर्ने काम कांग्रेसको रुची होइन तर हामी यति लचक हु“दा पनि समन्वय नगरी एकलौटी ढंगले हि“ड्न खोज्नु दुर्भाग्य हो । सरकारले संविधान मिचेको छ, न्यायालयमाथि आक्रमण गरेको छ ।

सरकारले लिएको बाटो गलत भन्नुभयो नि किन ?
गलत भन्ने कुरा नै होइन, सरकार बाटोमा नै छैन । उसले अब के गर्ने भन्ने योजना नै बनाउन सकेको छैन । सरकार त गल्लितिर भौतारिएको छ । यो संसदको झण्डै ४० प्रतिशत समय सकिएको छ, पछि पनि निर्वाचन गर्नुपर्छ । जति समय छ त्यसमा काम गरोस्, जनताको मन छोएर फेरि पनि निर्वाचन जितोस् शुभकामना । तर अहिलेको गतिविधि हेर्दा अबको निर्वाचनमा नेकपाको अस्तित्व बच्यो भने भाग्य भनेजस्तै भएको छ ।

नेपाली कांग्रेस आन्तरिक बिबादका कारण कमजोर भएकाले सरकारवाला विपक्षीस“ग प्रतिकार गर्न नसकेको हो ?
हामीलाई प्रतिकार गर्नु , लड्नु र पौरख देखाउनु छैन । कांग्रेसमा केही समस्या छ यो सत्य हो, यसलाई विचार समूहको रुपमा लिनुपर्छ तर यति भन्दाभन्दै पनि सधैं यही कारणले पार्टीलाई संकटमा लान्छ भने वास्तविक निकासतिर लाग्नुपर्छ । कांग्रेसले हिजोका दिनमा सरकार बनाउ“दा शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, सडकजस्ता बिकास गरेकै हो, त्यो अझैपनि स्मरण गर्न योग्य छ । यति गर्दापनि कांग्रेसले केही गरेन भन्ने हो भने मैले दिने थप जवाफ छैन । अहिले त सरकारले भत्काउने काममात्र गरेको छ । कांग्रेसले नै संकलन गरिदिएको देशको ढुकुटीमा रजा“ई गर्दै आएको छ ।

निर्धारित समयमा नै महाधिवेशन होस् भन्ने सबैको चाहना हो । अहिलेको नेतृत्वले पनि पार्टीलाई हा“क्न नसकेको गुनासो छ । फरक मतको पनि सम्मान गरेर जानुपर्ने यो बेला आफैंभित्र किचलो गर्ने हो भने पक्कै पनि पार्टीलाई सही मार्गमा ला“दैन ।

२०७० सालमा सांसद हुनुभयो, त्यतिबेला जनताको पक्षमा के काम गर्नुभयो ?
गर्न त धेरै काम गरेको हु“, दुःखलाग्दो कुरा के छ भने बन्दै गरेका कतिपय योजना पनि अहिले बन्द भए । यतिसम्म कि भइरहेका आयोजना पनि अघि बढ्न सकेनन् । यसको अर्थ अहिले जो प्रतिनिधि भएका छन्, उनले काम गर्न सकेनन् वा उनको पहु“च पुगेन । तरपनि म आफ्नो जिम्मेवारीबाट भागेको छैन ।

तपाई खानेपानी राज्यमन्त्री हुनुभयो, के कारणले अहिले मेलम्ची आउन सकेन ?
म मन्त्री हु“दा धेरै पहल गरेको हु“ । झण्डै १÷२ प्रतिशतमात्र काम सकिन बा“की थियो । अहिले अनेक बहानाबाजी गरेर मेलम्ची आयोजनालाई धकेल्ने र पानी पिउन पाउने अधिकारको हनन भएको छ । मेलम्ची बनाउने ठेक्का लिएको कम्पनी नै घाटामा थियो, उसैलाई केही पैसा थपिदिएर काम लगाउनुपर्नेमा उल्टै भएका चलखेल र षडयन्त्रले समस्या निम्त्याएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
यो देश सबैको हो । नेकपाले मेरोमात्र देश हो जस्तो गरेर तानाशाही शासन नगरोस् । सरकारमा बसेका जिम्मेवारले पदीय आचरण अनुसारको व्यवहार गरुन् । विपक्षी नै छैन भन्ने सरकारको पनि बुद्धि पलाओस् । सधैं अधिनायकबाद लाद्न खोज्ने हो भने यो सरकारको पनि आयु छोटो छ । संसदमा भएको टाउको गनेर कसैले सधैं धम्क्याइरहन्छ भने त्यसको पनि बिकल्प हुन्छ भन्ने चेतना पलाओस् ।

 

प्रतिक्रिया दिनुहोस्