शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ अभ्यास, नीजी विद्यालय सामुदायिकमा गाभिए



कविराज नेपाल, पाल्पा ।

विभिन्न स्थानमा नीजी र सामुदायिक विद्यालयको गुणस्तर वारे प्रश्न चिन्ह उठिरहेको र सामुदायिक विद्यालयको गुणस्तर माथि प्रश्न चिन्ह लगाई अधिकांशको रोजाइ नीजी विद्यालय भै रहेको वेला पाल्पा जिल्लामा भने एउटा नया अभ्यास सुरु भएको छ ।

बिद्यार्थी भर्नाका बेला अभिभावक नीजिमा पठाउने कि सामुदायिकमा भन्नेमा दोधारमा रहेका वेला लामो समयदेखि संचालनमा आएका यहाको एउटा गाउ पालिकाका ५ नीजि बिद्यालय सामुदायिक विद्यालयमा समायोजन गरेर(गाभेर) नया अभ्यासको सुरुवात भएको हो ।

जिल्लाको पूर्वखोला गाउ पालिका भित्रका नीजी विद्यालयलाई सामुदायिक विद्यालयमा यसरी गाभ्दा यसले शैक्षिक एकरुपता ल्याउनका लागि मद्धत गर्ने गाउ पालिकाको भनाइ छ ।
सरकारी शैक्षिक संस्था प्रतिको विश्वास घटिरहेका बेला पूर्वखोला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि केही प्रक्रियागत रुपमा नियमित हुन नसकेका निजी विद्यालयहरुलाई मर्ज गराएको (गाभेको) हो ।

यसअघि यहाँ ३७ सामुदायिक र ५ नीजि रहेकोमा अव ५ नीजि पनि सामुदायिकमै गाभिएर जम्मा विद्यालय संख्या ३७ भएको छ । गाउँपालिका र सरोकारवालाहरुको समन्वयमा सबै नीजि विद्यालय सामुदायिकमा समायोजन भएका हुन् । यसले यहाँको शैक्षिक क्षेत्रमा एउटा राम्रो उपलब्धि पनि देखिने संभावना वढेर गएको छ ।

पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले शैक्षीक गूणस्तर बृद्धि र गाउपालिका भरी शिक्षालाई एकरुपता वनाउन गाउपालिकाले कार्य्बिधि अगाडि सारेको बताए । छिमेकमा रहेका सामुदायिक बिद्यालयहरुमा छिमेकी नीजि बिद्यालयहरु समायोजन भएका छन् । त्यसै अन्र्तगत बिद्यार्थीहरु पनि भर्ना भएका छन् ।
सामुदायिक विद्यालयमा समायोजन भएका पाँचवटा नीजी विद्यालयहरु कम्पनी तथा आन्तरिक राजस्व कार्यालयमा समेत नियमित हुन सकेका थिएनन् ।

गाउँपालिकाले गत वर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सरकारी र संस्थागत विद्यालय अनुगमन गरी प्रतिवेदन तयार गरेर यसै शैक्षिक शत्रदेखि सामुदायिक विद्यालयमा गाभेको हो ।

जोनन इङलिस बोर्डिङ्ग स्कूललाई गणपति मावि, सरस्वती बोर्डिङ्ग स्कूललाई सरस्वती मावि, पूर्वखोला बोर्डिङ्ग स्कूललाई उद्बुद्ध मावि, माउन्ट भ्यू बोर्डिङ्ग स्कूललाई शम्भु मावि र चिराग बोर्डिङ्ग स्कूललाई मातृभूमि माविमा मर्ज गरिएको गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

संविधानमा नै स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण, प्रारम्भिक बाल शिक्षा तथा विद्यालय, अनौपचारिक शिक्षा, खुल्ला तथा वैकल्पिक एवं निरन्तर सिकाई तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । यसै अनुसार विद्यालयलाई समायोजन गरी शिक्षाको गुणस्तर सुधार्ने प्रयास भएको सम्वन्धित सरोकारवालाको भनाइ छ ।

समायोजन भएका विद्यालयमा कार्यरत कर्मचारी र शिक्षक पनि सामुदायिक विद्यालयबाट नै सेवा सुविधा पाउने भएका छन भने पहिले नेपाली माध्यमबाट मात्रै कक्षा संचालन गरेका विद्यालयले अव नेपाली र अंग्रेजी दुवै माध्यम संचालन गर्ने छन ।

गाउ पालिका अध्यक्ष नुन वहादुर थापाले गाउँपालिका भित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले निजीलाई सामुदायिकमा समायोजन गरिएको बताए । उहाले भन्नुभयो ‘सामुदायिक विद्यायलहरुमा राज्यको लगानी धेरै तथा रिजल्ट कमजोर देखिएकाले यसमा सुधार गर्नुपर्नेछ ।’
गाउँपालिका भित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले निजीलाई सामुदायिकमा समायोजन गरिएको हो । उहाको भनाइमा सामुदायिक विद्यायलहरुमा राज्यको लगानी धेरै तथा रिजल्ट कमजोर देखिएकाले यसमा सुधार गर्नुपर्नेछ ।

पुर्वखोलाको यो कार्य देशमै नमुना हो । यसले शैक्षिक एकरुपता ल्याउनका लागि मद्धत गर्ने उद्बुद्ध माविका प्रअ लोकहरि देवकोटाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्