जंगली मौरीले टोक्दा ३ जना गम्भीर



दमौली, तनहुँको ऋषिङ्ग ४ भीरकोट अधेरीमा घाँस दाउरा काट्ने क्रममा शनिबार जंगली मौरीले टोक्दा तीनजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय हिरालाल विक, टंकलाल विक र कमल विक रहेको स्थानीय दानबहादुर श्रेष्ठले बताए । तीनै जना बेहोस छन् ।
उनीहरुलाई उपचारका लागि पोखरा लैजाने तयारी भइरहेको छ । सँगै रहेका दिलबहादुर विक भने भागेर सुरक्षित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्