सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको ५७ प्रतिशत निर्माण पूरा



नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा निर्माणाधीन सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको ५७ प्रतिशत निर्माण पूरा भएको छ। आयोजनाबाट २०७७ असार मसान्तभित्रै व्यावसायिक विद्युत् उत्पादन थाल्ने भएको लक्ष्य लिइएको
आयोजनाको प्रवद्र्धक सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीको चौथो साधारणसभामा जानकारी दिइएको हो।

कम्पनीको चौथो साधारणसभामा कम्पनीका अध्यक्ष इजन बरालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समग्र आयोजनाको ५७ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार इन्टेकको डाइभरर्सन सुरुङ, टेलरेस सुरुङ, पावरहाउसको एक्सिस सुरुङ, पाउरहाउसकै टपमा जाने एक्सिस सुरुङ, इन्कलाइट साफ्टमा जाने सुरुङ सम्पन्न भइसकेको छन्।

उहाँले हेडरेस सुरुङको काम छ वटा मुखबाट, इन्टेकमा ब्रान्च सुुरुङ दुई मुखबाट, इन्टेकमै फल्सिङ सुरुङ, पावरहाउसमा ब्रान्च र क्याभन तथा भर्टिकलमा टप र बटम १÷१ मुखबाट निर्माणको काम भइरहेको बताउनुभयो।

उहँँ अनुसार सुरुङको कुल भाग नौ हजार दुईसय ७८ मिटरमध्ये पाँच हजार दुई सय २९ मिटर खन्ने काम सकिएको छ, यस प्रकार समग्र आयोजनाको निर्माणको काम ५७ प्रतिशत पूरा भएको छ बरालले भन्नुभयो।

कुल ५४ मेगावट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको लमजुङको पूर्वी क्षेत्रमा रहेको दोर्दी गाउँपालिका– ६ को तांजे गाउमा निर्माण थालिएको छ।

आठ अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको उक्त आयोजनाको निर्माणमा लाग्ने खर्चको १० प्रतिशत रकम जिल्लाबासीबाट संकलन गरी आयोजनालाई सम्पन्न गर्न सहयोग गर्ने उद्देश्य सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीको रहेको सो कम्पनीका सल्लाहकार एवम् संविधानसभाका सदस्य जमिन्द्रमान घलेले बताउनु भएको छ। उहाँका अनुसार शुरुमा ४९ मेगावट क्षमताको हुने भनेको सो आयोजना पछि पाँच मेगावाट क्षमता वृद्धि हुने प्राविधिक निष्कर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस्