गलत मतदानका कारण औंलै काटियो



नयाँदिल्ली, (एजेन्सी)
एकजना भारतीय मतदाताले गलत राजनीतिक पार्टीलाई मतदान गर्न पुगेको चाल पाएपछि आफ्नो चोर औंला काटिदिएको शुक्रबार बताएका छन्। पवनकुमार नामक ती व्यक्तिले सत्तारुढ भारतीय जनता पार्टी (वीजेपी) लाई गल्तीवश मतदान गर्न पुगेका कारण यसरी प्रायश्चित गरेको स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।

उनले भिडियोमार्फत दिएको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ। उनले आफ्नो मत एउटा क्षेत्रीय पार्टीलाई दिन चाहन्थे तर भोटिङ मेसिनमा थुप्रै चुनाव चिन्हहरू रहेकाले आफू अलमलिएको बताएका छन्।

मतदान गरेपछि प्रत्येक मतदाताको चोर औंलामा मेट्न नसकिने मसी राख्ने गरिएको छ। पवनले भारतीय आम चुनावको दोस्रो चरणअन्तर्गत बिहीबार उत्तरी राज्य उत्तर प्रदेशको बुलन्द शहरमा मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्