जात्रै जात्राको फस्ट लुक



आगामी जेठ ३ गते अल नेपाल रिलिज हुने फिल्म जात्रै जात्राको फस्ट लुक सार्वजनिक गरिएको छ।
प्रदीप भट्टराइको निर्देशनमा बनेको फिल्मको फस्ट लुकमा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँले दूरविनले केही हेरेको देखाइएको छ। साथमा नायिका वर्षा राउत, कलाकार राजाराम पौडेललगायतका कलाकार छक्क परेको यसको फस्ट लुकमा देखिन्छ।

प्रदीपले नै निर्देशन गरेको जात्रा सुपरहिट भएपछि त्यसैको सिक्वेलस्वरूप जात्रै जात्रा बनाइएको हो। यज्ञश्वर पौडेल र सिंगे लामाको निर्माणमा निर्माणाधीन फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बनियाँ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्