फिल्मका लागि यस्तो रूप



रश्मी थापा,
बलिउड विश्वकै दोस्रो महङ्खवपूर्ण सिनेमा उद्योग हो। राम्रा र धेरै सिनेमा बन्ने गरेका कारण नै बलिउड फिल्मले विश्वमा सफलता पाइरहेका छन्। बलिउडमा फिल्म राम्रो बन्नु र सफल हुनुका धेरै कारण भने छैनन्।

फिल्म बनाउने बेलामा निर्माता निर्देशक एक एक कुराको निकै ध्यान राख्छन्। यसका लागि उनीहरू फिल्मको हरेक भूमिकाका लागि कलाकारलाई कुनै पनि तरिकाले तयार बनाउँछन्।

जसका लागि कलाकारले पनि एउटै फिल्मका लागि एक वर्षसम्मको समय दिन्छन् र सोअनुसार नै मेहनत गर्छन्। फिल्मका लागि नै अभिनेत्रीहरू कहिले आफ्नो वजन बढाउँछन् भने कहिले घटाउँछन्। बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले केबल एक सिनका लागि आफ्नो पूरा स्वरूपलाई नै परिवर्तन गरेका छन्। यहाँ भने फिल्मका लागि आफ्नो कपाल मुण्डन गर्ने केही अभिनेत्रीको बारेमा चर्चा गरिएको छ ः

प्रियंका चोपडा
बलिउडदेखि हलिउडसम्म छाइसकेकी नायिका प्रियंका चोपडाले एक फिल्मका लागि आफ्नो पुरै केश मुण्डन गरेकी थिइन्। उनले ब्लकबस्टर फिल्म मेरी कोममा आफ्नो अभिनयलाई वास्तविक देखाउनका लागि वास्तवमै आफ्नो केश काटेकी थिइन्।

अनुष्का शर्मा
अभिनेत्री अनुष्का शर्माले पनि फिल्मी अभिनयका लागि आफ्नो वास्तविक कपाललाई माया मार्नुपरेको थियो। उनले फिल्म ए दिल हे मुस्किलमा क्यान्सर पीडित महिलाको अभिनय गर्नका लागि केश मुण्डन गरेकी थिइन्।

तनवी आजमी
सञ्जय लीला भंसालीको सुपरहिट फिल्म बाजिराव मस्तानीमा अभिनेत्री तनवी आजमीले आफ्नो केश मुण्डन गरेकी थिइन्।

शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टीले फिल्म डिजायरका लागि आफ्नो कपाल मुण्डन गरेकी थिइन्।

शवाना आजमी
अभिनेत्री शवाना आजमीले पनि फिल्म वाटरका लागि आफ्नो केश मुण्डन गर्नुपरेको थियो। फिल्ममा उनी विधवा नारीको भूमिकामा थिइन्।

अन्तरा माली
बलिउड अभिनेत्री अन्तरा मालीले पनि आफ्नो कपाल मुण्डन गरेकी थिइन्। आनीमाथि आधारित एन्ड वन्स अगेनका लागि अन्तराले आफ्नो कपाल त्यागेकी थिइन्।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्