१ सय ९५ घरधुरिलाई ग्याँस चुलो वितरण



सरिता चलाउने, सल्यान
सल्यानमा १ सय ९५ घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ । जिल्लाको छत्रेश्वरि गाउँपालिका वडा नम्बर सात पानीखोलामा बन उपभोक्ता समितीका उपभोक्ता हरुलाई सहुलियतमा ग्यास र चुलो वितरण गरिएको हो ।

डाफे चरण सामुदायिक बन उपभोक्ता समितीका १ सय ९५ घरधुरि लाई दाउराको खपत गराउने उदेश्यका साथ ग्यास चुलो र त्यसमा प्रयोग हुने सम्पुर्ण सामान बितरण गरिएको उपभोक्ता समितीका अध्यक्ष बुद्धिमान बस्नेतले बताएउनु भएको छ ।

बन समूह बाट ६ लाख छत्रेश्वरि गाउँपालिका बाट १ लाख र बन समुहका उपभोक्ता हरुबाट ३ लाख २६ हजार गरि कुल १० लाख २६ हजारको लागतमा ग्यास चुलो वितरण गरिएको उहाँले बताउनु भयो । ्
बन समुहका उपभोक्ता हरुले प्रती घरपरिवार २ हजारका दरले पैसा पनि उठाएका थिए ।

दाउराको रुपमा सामुदायिक बनमा रुख बिरुवाको फडानी बढ्न थालेपछी ग्यास वितरणको अभियान चलाएको वडा अध्यक्ष मेघराज भन्डारीले बताउनु भएको छ । उपभोक्ता हरुले दाउराको नाममा ठुलाठुला रुख काट्न थालेको र भएका रुखहरुको संरक्षन गर्नपनि चासो नदेखाएपछी यस्तो अभियान चलाएको उहाँले बताउनु भयो ।
बन समुहका उपभोक्ता हरुको आर्थिक स्थितिपनि कमजोर भएका कारण प्रती घरपरिवार लाई २ हजारमै ग्यास चुलो वितरण गरिएको अध्यक्ष भण्डारिले बताउनु भएको छ ।

ग्यास चुलो पाउँदा स्थानीयहरु खुसी भएका छन।
हामिले हाम्रो बन जोगाउनको निम्ति ग्यास चुलो बाल्न सहमत भयौ, स्थानीय ४० वर्षिय आशा खड्काले भन्नु भयो ।
ग्यास चुलो लिनलाई पानीखोलाका १ सय ९५ घरपरिवार राङ्सीमा जम्मा भई ग्यास चुलो लिएका हुन ।
जिल्ला समन्वय समिती सल्यानका प्रमुख केस बहादुर बिस्ट र छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोस केसिले सम्युक्त रुपम उपभोक्ता समितीका जेष्ठ नागरिक पुर्ण बहादुर खड्कालाई ग्यास चुलो वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्