नेविसंघ स्थापना दिवसमा फलफूल वितरण



विनोद सिंह विष्ट, बैतडी ।
नेपाल बिद्यार्थी संघको ४९ औं स्थापना दिवस बैतडीमा पनि नेविसंघले विभिन्न कार्यक्रम गरी मनाउदैछ । नेविसंघले स्थापना दिवसको अवसर पारी आज जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई फलफूल बितरण र दीप प्रज्वलनको कार्यक्रम राखेको छ । स्थापना दिवसको अवसर पारी आज बिहान जिल्ला अस्पताल बैतडीका बिरामीलाई फलफूल बितरण गरेको र बेलुका पाटनमा दीप प्रज्वलनको कार्यक्रम रहेको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभयो ।

फलफूल बितरण कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै नेविसंघ अध्यक्ष केसीले नेविसंघले शिक्षा र स्वास्थ्यमा सुधार गर्नुपर्नेमा जोड दिएको बताउदै उहाँले जिल्ला अस्पतालमा पनि सुधारको आवश्यकता रहेको औल्याउनुभएको छ ।

जिल्ला अस्पताल बैतडीलाई व्वस्थीत बनाई स्वास्थ्य सेवा छिटो र छरितो बताउनुपर्ने र अस्पताललाई सुविधासम्पन्न अस्पतालका रुपमा अगाडी बढाउनुपर्नेमा उहाँको जोड रहेको छ ।
नेपाल विद्यार्थी संघको स्थापना वि स २०२७ साल वैशाख ६ गते स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्