पत्रकारिताको एउटा दियो निभेछ, राम्रो लेख्ने कलम भाँचिएछ



नेपाली पत्रकारिताको एउटा दियो निभेछ। राम्रो लेख्ने कलम भाँचिएछ। पुष्करलाल श्रेष्ठ दाइ तपाईंप्रति हार्दिक श्रद्धाञ्जली, भाउजू र परिवारमा हार्दिक समवेदना।
रामप्रसाद खनाल
२०५८ साल माघतिर नया“ सडक दैनिकमा हामी सदाझैं समाचार लेख्दै थियौं। प्रकाशक सन्तोष शर्मा ९म्युजिक नेपालका मालिक० अचानक न्युज रुममा आउनुभयो र घोषणा गर्नुभयों ञअहिलेसम्म साथ दिनुभएकोमा सबै साथीहरुलाई धन्यवाद। भोलिदेखि चाहिँ पत्रिका नछाप्ने निर्णयमा पुगेका छौं।ु सबैजना एकछिन स्तब्ध। पत्रिका बन्द भयो। त्यसपछि सबै साथी निराश अनुहार लिएर घर फर्के। भोलिपल्ट मैले नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई फोन लगाएँं ञसर मेरो पत्रिका बन्द भयो। मलाई तपाईंले जागिर दिनुपड्डयो।

त्योभन्दा अघि मेरो उहाँसँग भेटघाट वा चिनजान केही थिएन। तैपनि जे पर्ला पर्ला भन्दै आँट गरेर फोन गरेको थिएँ। फोनमा उहाँ सकारात्मक भइदिनुभयो, ञहो र भाइरु ल त्यसोभए मलाई आएर एकपटक भेट्नुस्।ु म तुरुन्तै भीमसेनस्थानस्थित कामना प्रकाशन पुगें। उहाँलाई भेटें। खेल पत्रकार मित्र विनोद पाण्डेले पनि सहजीकरण गरिदिए। भोलिपल्टदेखि समाचारपत्रमा जागिर पनि शुरु भयो। करिब ८ महिना मैले काम गरें। स्पेसटाइम दैनिक जान्छुु भनेर बिदा माग्दा उहाँले भन्नुभएको थियों ञतिमी जहाँ गए पनि मिडिया कपमा फुटबलचाहिँ समाचारपत्रबाट खेल्नुपर्छ है। (उहाँ भूतपूर्व ञएु डिभिजन खेलाडी हुनुहुन्थ्यो। सायद संकटा क्लबबाट खेल्नु हुन्थ्यो।)
दीपेन्द्र लामा

कामना पत्रिकाका संस्थापक पुष्करलाल श्रेष्ठ दाजुको देहावसानले मन भारी बनाएको छ आज। यो तस्वीरको यो हाँसो अब फर्कने छैन, तर दिलमा सधैं बसिरहनेछ। मैले एक अभिभावक समान दाजु गुमाएको छु र देशले एक सशक्त कलम गुमाएको छ। हार्दिक श्रद्धाञ्जली पुष्कर दाइ।
करुण थापा

वरिष्ठ पत्रकार एवं नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक एवं कामना प्रकाशन समूहका अध्यक्ष पुष्करलाल श्रेष्ठको निधनको खबरले निकै स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
शेरबहादुर देउवा

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन आम सञ्चार क्षेत्रका लागि अपूरणीय क्षति हो। प्रतिबद्धता, निरन्तर संघर्ष र दृढ साहसको बलमा उहाँ नेपाली पत्रकारिता जगत्को शिखर व्यक्तित्व बन्न सफल हुनुभयो। कामनादेखि समाचारपत्रसम्मको सफल यात्रा त्यसको उदाहरण हो। स्व। पुष्करजीमा हार्दिक श्रद्धाञ्जली।
कमल थापा

नेपालका अग्रणी सञ्चारकर्मी पुष्करलाल श्रेष्ठको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ। निजी पत्रकारिताको प्रवद्र्धनमा उहाँले खेल्नुभएको भूमिका सञ्चार जगत्ले सधैं सम्झिरहनेछ। उहाँको स्मृति अमर रहोस््। परिवारजनमा गहिरो समवेदना।
डा. बाबुराम भद्मराई

नेपाली चलचित्र उद्योगको विकासमा चलचित्र पत्रकारिताको माध्यमबाट महङ्कवपूर्ण भूमिका निर्वाह गर्नुहुने अनन्य मित्र पुष्करलाल श्रेष्ठको योगदानलाई चलचित्र क्षेत्रले कहिल्यै बिर्सने छैन। उहाँको आत्मालाई शान्ति मिलोस्, भावपूर्ण श्रद्धाञ्जली।
ं उद्धव पौडेल
हार्दिक श्रद्धाञ्जली पुष्कर दाइ। चलचित्र पत्रकारिता क्षेत्रमा हजुरले पुड्डयाउनुभएको योगदान हामीले भुल्ने छैनौं। हजुरको आत्मा वैकुण्ठ बास होस्।
शर्मिला मल्ल

पुष्करलाल श्रेष्ठ, सबैले आदर सम्मान गर्ने एक राष्टझवादी व्यक्तित्व। आँगनबाटै कसैले सूर्य लुटेर लगेजस्तो भएको छ। हार्दिक श्रद्धाञ्जली। आत्माको चिरशान्ति कामना गर्दछु।
देवप्रकाश त्रिपाठी

स्व। श्री पुष्करलाल श्रेष्ठ सफलतम र वरिष्ठ पत्रकार मात्र होइनन्, एक स्वाभिमानी स्वतन्त्र र निर्भीक पत्रकार पनि थिए। नेपाली चलचित्रका त प्रवद्र्धक वा संवद्र्धक मात्र नभएर पत्रकारितामार्फत अभिभावकको भूमिका नै निर्वाह गरेका थिए। यस्ता राष्टझवादी पत्रकार र नेपाली चलचित्रका अथक अभियन्तालाई गुमाउनु पर्दा गहिरो दुःख महसुस गरेको छु। उहाँको अभाव नेपाली चलचित्र उद्योगले चिरकाल पर्यन्त महसुस गर्नेछ।
कृष्ण मल्ल

रेस्ट इन पिस सरजी, श्रीमान् पुष्करलाल श्रेष्ठजी। द जिनियर जेन्टलम्यान लेफ्ट अस फर हेभन।
सुनील थापा

नेपाली रंग पत्रकारिताका धरोहर, रंग पत्रकारितालाई स्थापित गराउने सर्जक आदरणीय पुष्करलाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली।
शान्तिप्रिय

नेपाली चलचित्र पत्रकारिताको शुरुआत गर्नुहुने, नेपाली चलचित्र क्षेत्रलाई माथि उठाउन पत्रकारिताको माध्यमबाट अनवरतरुपमा योगदान दिनुहुने आदरणीय दाइ पुष्पलाल श्रेष्ठको निधनले नेपाली पत्रकारितामा अपूरणीय क्षति पुगेको छ। हार्दिक श्रद्धाञ्जली। परिवारजनमा हार्दिक समवेदना।
करिश्मा मानन्धर

हार्दिक श्रद्धासुमन अर्पण गर्दछु दाइ, हामीले एउटा कर्मयोगीलाई गुमाएका छौं।
 मिथिला शर्मा

कामना न्यूज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष एवं नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधनले पत्रकारिता क्षेत्रलाई ठूलो क्षति भएको छ। यो खबरले मलाई ज्यादै दुःखी बनाएको छ।
 कोमल ओली

नेपाली चलचित्र र चलचित्रकर्मीको उत्थान का लागि तपाईंले गर्नुभएको ऐतिहासिक योगदान हामीले कसैले भुल्ने छैनौं। विशिष्ट सञ्चारकर्मी, कामना समूहका अध्यक्ष मित्र पुष्करलाल श्रेष्ठज्यूको दुःखद निधनको खबरले हामीलाई मर्माहत तुल्यायो।
रवीन्द्र खड्का

पत्रकारिता व्यवसायमा जोखिममा लगानी बिरलै हुन्छ। पुष्करलाल श्रेष्ठले त्यो बेला वर्षमा मुस्किलले एक÷दुई सिनेमा बन्ने समय सिनेमा केन्द्रित कामना पत्रिका निकाले। पहिलो अपरा≈नकालीन पत्रिका महानगर पनि यिनैले आँटे। गोरखापत्रपछि कान्तिपुर र हिमालय टाइम्सले बजार पिटेको बेला आजको समाचारपत्र निकाले। सबै सफल भए। तर, जिन्दगी बाँच्न बाँकी हुँदै आफैंचाहिँ असामयिक निधनको समाचार बने। हार्दिक श्रद्धाञ्जली।
 विश्वमणि सुवेदी

नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठज्यूप्रति हार्दिक श्रद्धाञ्जली। शोकाकुल परिवारजनमा हार्दिक समवेदना।
हरिवंश आचार्य

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको असामयिक निधन नेपाली पत्रकार जगत्को लागि अपूरणीय क्षति हो। कर्मठ, भलाद्मी एवं सरल स्वभावका श्रेष्ठसँग सूचना तथा सञ्चारमन्त्री छँदा भएको मेरो सहकार्य सुखद थियो। साथै परराष्टझमन्त्री छँदा पाएको उहाँको परिपक्व सहयोग मेरा लागि सदा स्मरणीय रहनेछ। श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दछु।
रमेशनाथ पाण्डे

नेपाली चलचित्र र चलचित्रकर्मीको उत्थानका लागि तपाईंले चलाएको कलमको जति नै बयान गरे पनि अपूर्ण हुनेछ, तपाईंले रचेको इतिहास नेपाली चलचित्र क्षेत्रले बिर्सने छैन।
 आकाश अधिकारी

म मात्र होइन, अन्य लाखौंलाई चलचित्रप्रति लगाव राख्न आकर्षित पार्ने कामना अनि त्यसका संस्थापक पुष्करलाल श्रेष्ठ। नेपाली रंग पत्रकारिताका धरोहर, रंग पत्रकारितालाई स्थापित गराउने सर्जकप्रति हार्दिक श्रद्धाञ्जली।
सुरेशदर्पण पोखरेल

कला र रंग पत्रकारिता अर्थात् कामना मासिक अर्थात् पुष्करलाल श्रेष्ठ। सञ्चार जगत्का इतिहास पुष्कर दाइको शरीर हामीबीच नरहे पनि उहाँको योगदान सम्झिरहनेछौं।
मनोज गजुरेल

एक सकारात्मक दुस्साहसी पत्रकार पुष्कर सर अलबिदाट्ट जति बेला नेपालमा ३ वर्षमा एउटा नेपाली फिल्म बन्थ्यो, त्यति बेला नेपालमा मासिक फिल्मी पत्रिका चलाउनुहुन्थ्यो उहाँ, त्यस्तो सकारात्मक दुस्साहसी हिम्मतिलो पत्रकार र प्रकाशक जसले पछिल्लो पुस्ताका लागि पत्रकारिता बचाएर ल्याउनुभयो, मेरो जीवनको पत्रकारितामा एउटा कोशेढुंगा उहाँको कारणले उभिएको छ, दुःखपूर्वक यी शब्दहरु लेखिरहेछु। अलबिदा पुष्कर सर।
 स्वागत नेपाल

नेपाली रंग पत्रकारिताको एक माइल स्टोन थिए पुष्कर दाइ, उनको स्थान न कसैले लिन सक्छ त त्यो उचाइमा कोही पुग्ने नै छ।
रवि श्रेष्ठ

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको असामहिक निधनको खबरले स्तब्ध बनाएको छ। उहाँसँग २०३९ सालदेखि २०४९ सालसम्म कामना मासिक पत्रिकामा गरेको सह कार्य यतिखेर पुनः स्मरण गरायो। अलबिदा
 मदन घिमिरे

शब्दमा अभिव्यक्त गर्न नसकिने दुःखद खबर हार्दिक श्रदाञ्जली।
 सुवास ढकाल

वरिष्ठ पत्रकार पुष्कारलाल श्रेष्ठसँग करिब एक दशक सँगै रहेर काम गर्ने अवसर मिल्यो। सँगै काम गर्दा र अन्य सन्दर्भमा पनि उहाँको सान्निध्यता रहिर≈यो। एक जना कर्मशील उद्यमी, अग्रज व्यावसायिक पत्रकार पुष्करलाल श्रेष्ठको नामको अगाडि स्वर्गीय लेख्न हिम्मत पुगिरहेको छैन। तैपनि भन्नै पर्ने भएको छ भावपूर्ण श्रद्धाञ्जली पुष्कर सर, गहिरो समवेदना भाउजू र दिरेकसहित सबै परिवारजनमा।
महेन्द्र विष्ट

नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको खबरले दुखित भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।
 विनोद चौधरी

रंग पत्रकारका अभिभावक तथा कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रधान सम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको दुःखद खबरले चलचित्र पत्रकार संघ नेपाल स्तब्ध र दुःखी भएको छ। श्रेष्ठको निधनले नेपाली रंग पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ। उहाँले पत्रकारिता क्षेत्रमा पुड्डयाउनुभएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ। चलचित्र पत्रकार संघ नेपाल स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ।
चलचित्र पत्रकार संघ

कुनै बेला कामना पत्रिका पढ्न निकै लुछाचुँडी चल्थ्यो। इलाम बजारको सिर्जना स्टोरमा कैयौंपटक धाएपछि बल्लंबल्ल कामना पढ्ने शौभाग्य मिल्थ्यो। अझ गाईजात्रे अंक त पाउनै मुस्किल। त्यस बेलाको समयमा कामनाको गाईजात्रे अंक निकै रोचक मात्र हुन्थेन, अनेक किसिमका जानकारीहरुको पुलिन्दा नै थियो र अझ रोचक बनाएको हुन्थ्यो कोठेपदले। यो पत्रिका कसले प्रकाशन गरेको होला भन्ने कौतुहल मच्चिन्थ्यो मनमा। तर, काठमाडौं पसेपछि त्यो कौतुहलता लामो समय मनमा रहिरहन पाएन, जुनदिन पुष्कर दाइसँग भेट भयो, त्यो हट्यो। त्यसपछिका दिनहरुमा उहाँसँग बारम्बार भेटघाट कुराकानी भई नै र≈यो। निकट नै भइयो पनि। उहाँले एकनिष्ठ तपस्या र साधना गरेर कामना प्रकाशन गृह बनाउनुभएको रहेछ, आज त्यो संस्थाले इतिहास नै बनाएको छ।

सबैका लागि प्रेरणादायी सफलताको कथा बनेको छ त्यो प्रकाशन गृह र त्यसका संस्थापक पुष्करलाल श्रेष्ठ। आज उहाँ भौतिकरुपमा यस पृथ्वीमा हुनुहुन्न। तर, उहाँको कर्मले कहिल्यै पनि बिर्सन नसकिने नाम छोडेर जानुभएको छ पुष्कर दाई।
विष्णु निष्ठुरी

नेपालकै प्रथम चलचित्र पत्रकार, कामना प्रकाशनका अध्यक्ष, नेपाल समाचारपत्र राष्टिझय दैनिकका प्रधान सम्पादक, सधैं सबैप्रति सकारात्मक, शालिन, सहृदयी, सरल अनि नेपाली चलचित्रको श्रीवृद्धिप्रति समर्पित व्यक्तित्व आदरणीय दाजु पुष्करलाल श्रेष्ठको अकल्पनीय खबरले स्तब्ध र मर्माहत भएको छु। हार्दिक श्रद्धाञ्जली पुष्कर दाइ।
 कृष्ण ढुंगाना

नेपाली चलचित्र क्षेत्रको विकासमा सर पुष्करलाल श्रेष्ठले निर्वाह गर्नुभएको भूमिका यो क्षेत्रले सदैव सम्झिरहनेछ, हार्दिक श्रद्धाञ्जली।
 रमेश बुढाथोकी

पुष्करजी र म धेरै ठाउँ सँगै यात्रा गड्डयौं। नयाँ दिल्ली, पाकिस्तान, श्रीलंका, स्लोभेनियाँ, बैंकक। यात्रा गर्दाका धेरै अनुभवहरु ताजा छन्। गम्भीर व्यक्तित्वका बाबजुद संसाना कुरामा पनि हुरुक्कै हुने गरी हँसाउने गजबको सेन्स अफ ≈युमर थियो उहाँसँग। उहाँ एक्कासि गम्भीर बिरामी भएको खबर सुनेर अचम्म लागेको थियो। केही दिनअघि नर्भिकमा उहाँलाई हेर्न जाँदा पूरै बेहोस हुनुहुन्थ्यो। राजेश्वरी भाउजू ९उहाँकी पत्नी०ले तपाईंहरु कति मिल्नुहुन्थ्यो, तपार्इंले बोलाउँदा त बोल्नुहुन्छ कि, बोलाउनु न भन्दा म स्तब्ध भएकी थिएँ। उहाँ यो संसारमा नरहनुभएको सुनेपछि व्यक्त गर्ने शब्दहरु नै नभएझैं लागेको छ। यति चाँडै यस्तो भन्नु पर्ला जस्तो लागेको थिएन, हार्दिक श्रद्धाञ्जली पुष्करजी।
बबिता बस्नेत

ओहोट्ट, ज्यादै दुःखदायी खबर सुन्नु पड्डयो। नेपाली सिनेक्षेत्र र पत्रकारिता क्षेत्रका लागि अपूरणीय क्षति भयो। स्वर्गमा बास होस्, आत्माले शान्ति पाओस्।
राजाराम पौडेल

कतिपय राजनैतिक परिवर्तन र मनोरञ्जन अभिलेख र इतिहासका साक्षीको अवसान। हृदयविदारक हार्दिक श्रद्धाञ्जली।
देशभक्त खनाल

प्रतिक्रिया दिनुहोस्