शुक्रबार यस्तो छ सुनचाँदीको मूल्य



काठमाडौँ । साताको छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने रु ३०० ले घटेको थियो ।

सोमबार र मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने बुधबार भने ३०० रुपैयाले घटेर ५९ हजार ३ सय रुपैयामा कारोबार भएको थियो । बिहिबार छापावाल सुन तोलामा रु २ सयले घटेर प्रति तोला ५९ हजार १ सयमा कारोबार भएकोमा शुक्रबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

यस दिन तेजाबी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयामा कारोबार भैरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रति तोला ७ सय २० रुपैयामा कारोबार भएकोमा मंगलबार पनि चाँदी प्रतितोला ७ सय २० रुपैयामा कारोबार भएको थियो । बुधबार भने तोलामा ५ रुपैयाले बढेर प्रति तोला ७ सय २५ रुपैया पुगेको थियो । बिहिबार चांदी प्रति तोला ७ सय २५ रुपैयामा कारोबार भएकोमा आज शुक्रबार पनि सोहि मुल्यमा कारोबार भै रहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्