अमेरिकी विदेशमन्त्री पोम्पियोलाई वार्ताबाट हटाउन माग



सोल,(एजेन्सी)
उत्तर कोरियाले विहिवार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोलाई आणविक वार्ताबाट हटाउन माग गरेको छ । प्योंगयँगले उनले अनावश्यक र वाहियात कुरा गर्दै हिंडेको आरोप लगाएको छ । उत्तरका एकजना वरिष्ठ अधिकारीले यदि पोम्पियाकोे संलग्नता रहने हो भने वार्ता ‘ खतम ’ हुने भन्दै कोहि होसियार र समझदार व्यक्तिलाई उनको स्थानमा राख्न अमेरिका समक्ष अनुरोध गरेको छ ।

उत्तर कोरियाले एउटा नयाँ सामरिक निर्देशित हतियार परिक्षण गरेको बताइएकोबेला प्योंगयांगको यो प्रतिक्रिया बाहिर आएको हो । गत १४ फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली सर्वोच्च नेता किम जोंग उन बिचको असफल शिखर वार्ता यता गरिएको यो पहिलो हतियार परिक्षण हो ।

यि दुई नेताबिच सन् २०१८ को १२ जुनमा सिंगापुरमा भएके पहिलो ऐतिहासिक शान्तिवार्तामा कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्नेबारे सहमति भएके थियो ।

गत वर्ष किमसंग भेटवार्ता गर्नका लागि पोम्पियोले चार पटक उत्तर कोरियाको भ्रमण गरेका थिए । गत साता अमेरिकी सिनेटको उप समितीको सुनुवाईको क्रममा पोम्पियोले आफुले किमलाई तानाशाह भनेको स्विकारेका थिए ।

पोम्पियोको यस भनाई र स्विकारोक्तिलाई उत्तर कोरियाको विदेश मन्त्रालयले अत्यन्तै गम्भीर रुपमा लिएको कोरियाली अधिकारी क्वोन जों गुनले बताएका छन् । क्वानले हनोई वार्ता चााडै तुहिनुमा पनि पोम्पियोलाई दोष दिएका छन् ।
गत जुलाईमा प्योंगयांगमा भएको एक गम्भीरछलफलको क्रममा पोम्पियोले आफुलाई निशस्त्रीकरणमा जान कडा दवाव दिएको कारण पनि उत्तर कोरिया उनी प्रति आक्रोसित बन्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्