पाकिस्तान र आईएमएफबीच राहत प्याकेजमा सहमति



इस्लामाबाद (एजेन्सी)
आर्धिक संकटबाट गुज्रिरहेको पाकिस्तानको अर्थब्यवस्थालाई सही दिशामा ल्याउन पाकिस्तान र अन्तराष्ट्रिय मुद्रा कोषबीच राहत आर्थिक प्याकेजको अवरोध हटाउनमा सहमति भएको छ ।

अमेरिकाले राहत प्याकेज उपलब्ध गराउन राखेको पाकिस्तानको प्रस्तावमा आसंका ब्यक्त गरेपछि लामो समयसम्म यस विषयमा निर्णय रोकिएको थियो । तर अन्तत पाकिस्तानले आईएमएफ मार्फत उक्त आर्थिक राहत सहायता हासिल गर्न सफलता पाएको छ ।

पाकिस्तानका अर्थ मन्त्री असद उमरलाई उदृत गर्दै पाकिस्तानी अखबार डनले बेलआउट प्याकेज अन्तरर्गत विनिमय दर, पब्लिक फाइनान्स, राजकिय घाता तथा उर्जाको मुल्यमा सहमति बनेको उल्लेख गरेको छ ।

आईएमएफ टोलीले अप्रिलको तेस्रो हप्तामा प्राविधिक पक्षमाथि गहन अनुसन्धानका लागि इस्लामाबादको यात्रा गर्ने अर्थ मन्त्रीले जानकारी दिएका छन् । तर बैंकका अधिकारीले इस्लामाबादको यात्रा मेमा मात्र गर्न सक्ने भएकोले आईएमएफको सहमतिमा केही ढिलाई हुन सक्ने अर्थ मन्त्रीले बताए ।

कोष कार्यक्रम अन्तर्गत कति रकमको सहयोग पाउने हो भन्ने विषयमा पुष्टि भएको छैन । तर यो ६ अर्ब देखि ८ अर्बसम्म हुन सक्ने बताइएको छ । वल्र्ड बैंक र एसियन डेवलपमेन्ट बैंकले पनि इस्लामाबादलाई संकटबाट उकास्न सहायता गर्नेछ ।

आफनो अर्थब्यवस्थालाई सही दिशामा ल्याउन पाकिस्तानलाई करिब १५ अर्ब डलर आवश्यक रहेको अनुमान गरिएको छ । विश्व बैकबाट ७–८ अर्ब डलर सहायता पाउने र ६ देखि ८ अर्ब डलर आईएमएफ तथा एडीबीबाट पाउने पाकिस्तानी अर्थमन्त्रीले बताएका छन् । पाकिस्तानले इन्टरनेसनल बन्डका माध्यमबाट पैसा जटाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्