नेपाल विश्वकपमा छनोट भएन



काठमाडौैं, (नेस)
नेपाल आगामी सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आईसीसी यु १९ विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सकेन । बिहीबार मलेसियाको क्वालालम्पुरमा अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराए पनि नेपालको विश्वकपको यात्रा संभव भएन । अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले पराजित गर्दा नेपालको विश्वकपको एशिया छनोटमा यात्रा समूह चरणमै सीमित भयो । यूएईसँग नेपालले हार्नु नै दुर्भाग्य भएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएको थियो । जुन एक रनको हार नेपालको विश्वकपको यात्रामा बाधक बन्यो । नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेट र ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले अन्तिम खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्