पूर्व सांसद सरकारी छाप किर्तेको मुद्दामा पक्राउ



काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ पर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरिएको प्रहरुकिो भनाई छ ।

सभासद् भएको बेलामा यादव रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ पर्नुभएको थियो । त्यसबारे अझै उहाँको मुद्दा विचाराधिन छ ।

प्रतिक्रिया दिनुहोस्