बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट



काठमाडौं ।
गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ।व। २०७३/०७४ को बेरुजुलाई ८५।१४ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त सर्वोत्कृष्ट स्थान हासिलका लागि नगद ८ हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरुको आ।व। २०७३र०७४ सम्मको बाँकी बेरुजु रकममध्ये ८५।१४ प्रतिशत फर्छ्‍यौट गरेको र उक्त आ।व।मा लेखा परीक्षण भएको कूल अंकमा १।३५ प्रतिशतमा मात्र बेरुजु सीमित गर्न सफल भई बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।

आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्‍यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्