आर्मीलाई टिम च्याम्पियनको उपाधि, म्याक्स र सुस्मिता उत्कृष्ट बक्सर



कविरस शर्मा, बांके
बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगितामा नेपाल आर्मीले समग्रमा ९ स्वर्ण, ५ रजत र २ कास्यका साथ टिम च्याम्पियनको उपाधि जितेको छ । नेपाल आर्मी महिलातर्फ ४ स्वर्ण, २ रजतका तथा पुरुषतर्फ ५ स्वर्ण ३ रजत र २ कास्य जित्दै दुबै समूहमा च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको एपीएफले समग्रमा ४ स्वर्ण, ५ रजत र ३ कास्य हात पा¥यो । नेपाल पुलिसले १ स्वर्ण र २ कास्य जित्दै पुरुषतर्फ तेश्रो हुदा महिलातर्फ प्रदेश ३ ले १ स्वर्ण र २ कास्य जित्दै तेश्रो भयो ।

प्रतियोगीतामा पुरुषतर्फका उत्कृष्ट बक्सरको उपाधि कर्णाली प्रदेशका मनोहर (म्याक्स) बस्नेतले जिते भने महिलातर्फ प्रदेश ३ कि सुष्मिता तामाङ उत्कृष्ट बक्सर घोषित भइन् । सुष्मिताले आफ्नो पहिलो राष्ट्रिय प्रतियोगितामा नै उत्कृष्ट बक्सरको उपाधि जितेकी हुन् ।

बुधवार भएको अन्तिम दिनको खेलमा एपीएफका प्रकाश लिम्बु इजाम र नेपाल आर्मीकी चन्द«कला थापाले स्वर्ण जित्न सफल भएका छन् । पुरुषतर्फको ६० केजी तौल समूहको फाईनल खेलमा नेपाल आर्मीका एकबहादुर घलेलाई स्पिलिट निर्णयको आधारमा हराउंदै एपीएफका प्रकाशले स्वर्ण जितेका हुन् । यसै तौल समूहको कांस्य पदक भने प्रदेश ३ का शनिल शाही र प्रदेश ५ का इन्द« बहादुर सुनारले प्राप्त गरे ।

त्यसैगरी महिला ५७ केजी तौल समूहमा चन्द«कलाले प्रदेश १ की दिया लिम्बूलाई पराजित गर्दै स्वर्ण चुमिन् । सोही तौलमा एपीएफका माया चौधरी र प्रदेश ५ की भावना ऐरीले कांस्य जितेका छन् ।


महिला ६० केजी तौलको फाइनलमा एपीएफकी संगीता सुनारले स्वर्ण जितिन् । उनले नेपाल आर्मीकी सबिना श्रेष्ठलाई हराइन् । सोहि तौलमा प्रदेश ५ की संगीता दंगाल र प्रदेश ७ की संगीता चौधरीले कास्य जित्न सफल भए ।
पुरुष ६४ केजी तौलमा पुलिसका भूपेन्द« थापा मगर नेपाल आर्मीका दान बहादुर दर्लामीलाई स्पिलिट निर्णयको आधारमा हराउंदै स्वर्ण जित्न सफल भए । सोही तौलमा प्रदेश १ का अभिनय राई र प्रदेश ५ का विशाल रेग्मीले कास्य आफ्नो नाम लेखाए ।

पुरुष ६९ केजी तौल समूहमा एपीएफका विकास लामाले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा प्रदेश ३ का मनिष डंगोललाई स्पिलिट निर्णयको आधारमा हराउंदै स्वर्ण पदक हात पारेका हुन् । सोही तौलमा प्रदेश ४ का सबिन गुरुङ र नेपाल आर्मीका रवि सुनुवारले कास्य पदक जित्न सफल भए ।
पुरुष ७५ केजीमा नेपाल आर्मीका दिपक श्रेष्ठले प्रदेश ३ का दिवस लाल भूमिलाई पराजित गर्दै स्वर्ण चुमे । यसै तौल समूहमा एपीएफका कमल थापा र प्रदेश १ का अजित मगरले कांश्य पदक जिते ।

पुरुष ८१ केजी तौल समूहमा प्रदेश ६ का मनोहर बस्नेतले स्वर्ण हात पारे । फाइनलमा उनले नेपाल आर्मीका गणेश प्रधानलाई पराजित गरे । यसै तौल समूहको कांश्य पदक भने प्रदेश २ का विमल कुमार मण्डल र प्रदेश ५ का केशर खत्रीले हात पारे ।

यसैगरी ९१ केजी तौल समूह अन्तर्गत प्रतियोगिताकै अन्तिम खेलमा नेपाल अर्मीका अर्जुन सिगुले एपीएफका गोकुल गुरुङलाई हराएर स्वर्ण पदक जित्न सफल भए । सोही तौल समूहको कांश्य पदक भने प्रदेश १ का ईशाक जनक राई र प्रदेश ४ का सन्जीव श्रेष्ठले हात पारे ।

विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल ओलम्पिक कमिटीका सह–महासचिव राजिव श्रेष्ठ लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्