आईपीएल: धोनीबिनाको खेलमा चेन्नाईको हार, हैदरावाद विजयी



काठमाडौं । कप्तान महेन्द्रसिंह धोनीबिना खेलिएको खेलमा चेन्नाई सुपरकिंग्स पराजित भएको छ । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बिहिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको ! सय ३३ रनको लक्ष्य हैदरावादले २२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो । हैदरावादका लागि डेभिड वार्नर र जोनी बरिष्टले अर्धशतकिय पारी खेले । डेभिडले ५०, केन विलियम्पसनले ३, विजय शंकरले ७, दीपक हुड्डाले १३ रन बनाएर आउट हुँदा बरिष्ट र युसुफ नटआउट रहे । बलिङतर्फ चेन्नाईका इमरान ताहिरले दुई तथा दीपक चहर र कर्ण शर्माले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिको १ सय ३२ योगफल तयार पार्यो । उसका लागि सेन वाट्सन ३१, फाप डुप्लेसी ४५, सुरेश रैना १३, केदार जाधव १, श्याम विलिङ्स शुन्य रनमा आउट हुँदा रवीन्द्रसिंह जडेजा १० र अम्बाती रायडु २५ रन बनाएर नटआउट रहे ।

खेलको म्यान अफ द म्याच डेविड वार्नर घोषित भए । बुधबार राति भएको खेलमा एमएस धोनी खेलेका थिएनन् । उनको अभाव टिमले महसुस गरेको हिजोको खेलबाट पनि प्रस्ट हुन्थ्यो ।अहिलेसम्म दुई खेल मात्र हारेको चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा रहँदा बुधबार रातिको खेल जितेको हैदरावाद भने अंकतालिकाको पाचौँ स्थानमा छ ।

आजको खेल
प्रतियोगिता अन्तर्गत आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने संलग्न टीम दिल्ली क्यापिटल्स र मुम्बई इंडियन्सबीचको खेल हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे दिल्लीको घरेलु मैदानमा हुँदैछ । दिल्ली तालिकाको दोश्रो स्थानमा रहँदा समान १० अंकसहित मुम्बई तेश्रो स्थानमा छ । यसै संस्करणमा भएको अघिल्लो खेलमा दिल्लीले मुम्बईलाई पराजित गरेको थियो । यस्तै यसअघिका पाँच खेललाई नियाल्ने हो भने दिल्लीले तीनपटक र मुम्बईले दुईपटक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्