कहाँ–कहाँ भयो बम बिस्फोट र आगजनी ? (अपडेट)



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको बन्दका कारण आंशिक रुपमा जनजीवन कष्टकर बनेको छ । देशका विभिन्न स्थानमा भेटिएका शंकास्पद वस्तुले जनतामा त्रास पैदा भएको हो ।

बिहानैदेखि आवातजावत गर्ने यात्रु र सर्वसाधारणबन्दको मारमा परेका छन् । यता, गण्डकी प्रदेशसभा भवन अगाडि शंकास्पद वस्तु भेटिएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रियको तयारी गरेको छ । सोही ठाउँको जिरोकिमी नजिकै अर्को शंकास्पद वस्तु फेला परेको छ । त्यहाँ प्रहरीले सुरक्षा व्यवस्था मजबुद पारेको छ ।

हेटौँडा उपमहानगरपालिका–३, तिनताप्केमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसरकुकुर जस्तै देखिने वस्तुमा तारसमेत जोडिएकाले बम हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरीले पहरा दिएको छ, नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । यस्तै हेटाैँडामै दुई गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

काभ्रेको पनौतिमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । त्यस्तै बाँकेको कोहलपुरमा राखिएको प्रेसरकुकर बमपनि नेपाली सेनाले डिस्पोज पारेको छ ।
यता, पाल्पामा सुतली बम विस्फोट भएको छ ।जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बुधबार राति बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।

बाग्लुङ नगरपालिका–३ मा भेटिएको बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । यस्तै भैरहवाबाट बुटवल तर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको । रुपन्देहीको सैनामैना नगरपालिकास्थितमा पनि बम बिस्फोट भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्