भारतमा आज दोस्रो चरणको मतदान सुरु



एजेन्सी । भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान हुँदैछ ।

आज बिहान ७ बजे सुरु भएको मतदानमा १२ राज्य तथा एउटा केन्द्र शासित प्रदेशका ९५ सिटका लागि मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन् ।

दोस्रो चरणमा आज असाम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका लोकसभा सिटीमा मतदान हुँदैछ ।

५४३ लोकसभा सिटमा मतदान सम्पन्न भएपछि आउँदो मे २३ मा एकसाथ मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्