रुपन्देहीमा बम विस्फोट, थप विवरण आउँदै



काठमाडाैं ।

विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा परेको छ । रुपन्देहीका विभिन्न तीन ठाउँमा बम बिस्फोट भएको हो ।

बिहीबार बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भएको स्थानीयले जानकारी दिएका छन् । त्यस्तै, देवदहको धकधैइमा पनि बिहान ४ः३० बजेतिर ठूलो आवाजसहित विस्फोट भएको बताइएको छ । यस्तै भैरहवाबाट बुटवल तर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । उता, कन्चन गाउँपालिका परिसरमा पनि बम फेला परेको छ । बम भएको स्थानमा अहिले नेपाल प्रहरीको टोली त्यसतर्फ गएको प्रहरीेले जानकारी दिएको छ ।

उता, रुपन्देहीको कोटीहवा नजीकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । यसबाहेक धेरै स्थानहरुमा शंकास्पद बस्तुहरु फेला परेको प्रहरीले जनाएको छ । यस्तै, पाल्पाको रिब्दिकोट गाउँपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको समाचार प्राप्त भएको छ । विस्फोटले गाउँपालिका भवनमा क्षति पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यसैबीच, पाल्पाको रिब्दीकोट–३ खस्यौलीमा पनि बम विस्फोट भएको छ । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । राति १ बजे गाउँपालिका भवनमा सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्