पाल्पामा बम विस्फोट



पाल्पा । पाल्पामा सुतली बम पड्किएको छ ।

जिल्लाको को रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ ।

भर्खरै भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ लागेको हाम्रा जिल्ला संवाददाता सुनील कार्कीले जानकारी दिनुभयो ।

बम विप्लव समूहको नेकपाकाले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्