उपसचिव प्रेम सञ्जेललाई अख्तियारको पत्र



नेपाल समाचारपत्र, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई पत्र काटेको छ । उहाँ कार्यरत श्रम कार्यालय, विराटनगरमा हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको आयाेगलेले जनाएको छ ।

त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन भनिएको छ ।

सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । हाल उहाँ निर्वाचन कार्यालय, विराटनगरको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्