थपलियाद्धारा तीन महिनाभित्र उपचुनाव गराउने प्रतिवद्धता



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाउनुभएको छ । थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्‍याउने कार्ययोजना समेत पेश गर्नुभएको हो ।

बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताउनुभयो । उहाँले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने लगायतको प्रतिवद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्