धूलोसहितको आँधीका कारण भारतमा ३० जनाको मृत्यु



नयाँ दिल्ली ।
भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ ।

त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं जिल्लाहरु यस आँधीका कारण प्रभावित भएका छन् ।

बेमौसमी वर्षा र आँधीको कारण मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नु भएको छ । प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्ति स्वरुप २ लाख भारु र घाइतेलाई ५० हजार भारु राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री मोदीले बताउनुभएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्