पुष्करलाल श्रेष्ठको निधनप्रति राप्रपाद्धारा दुःख व्यक्त



नेपाल समाचारपत्र, काठमाडौँ ।
कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ ।

उहाँकोे निधनले नेपाली पत्रकारिताले अग्रज व्यक्तित्व गुमाएको राप्रपाको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा देशले एक राष्ट्रवादी, स्वच्छ छवि भएका निष्ठावान र निर्भीक पत्रकार गुमाएको बताईएको छ ।

राप्रपाको विज्ञप्तिका भनिएको छ, ‘दिवंगत श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कामना प्रकाशन समूह र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौं ।’

उहाँको २०७६ वैशाख ४ गते विहान ११ बजेर ४९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उहाँको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै उहाँमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उहाँको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किनिभएका उहाँले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्दै अाउनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्