पोर्न साइट बन्द पछि टिकटकमाथि पनि प्रतिवन्ध !



काठमाडौं । पछिल्लो समय नेपाल लगायत भारतमा पनि सर्वाधिक प्रयोगकर्ता भएको टिकटकमाथि प्रतिवन्ध लगाइएको छ । भारतमा गुगलले प्लेस्टोर र एपस्टोरबाट भिडियो एप्स ‘टिकटक’ हटाएको जनाएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोर बाट अब टिकटक डाउनलोड उपलब्ध नहुने जनाइएको छ ।

गत सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न जरुरी नरहेको ठहर गरेपछि भारतमा टिकटक माथि प्रतिबन्ध लगाइएको हो ।

यो भन्दा पहिलो भारतमा पब्जी, पोर्न पनि बन्द गराइएको थियो । तपाईलाई जानकारी गराउँ यसअघि मद्रासको उच्च अदालतले चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो । यो एपले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतको ठहर छ ।

सबैभन्दा नकारात्मक पक्ष भनेको यो एपको माध्यमले युवाहरुका अश्लीलता फैलाएको आरोप लागेको छ । यो सँगै नेपालमा पनि प्रतिवन्ध लगाउँनुपर्ने जनाइएको छ तर नेपाल सरकारले यस बारेमा कुनै प्रतिकृया दिएको छैन । पब्जी गेम केही राज्यहरुमा प्रतिवन्ध लगाइएको भए पनि टिकटकमाथि भने पुर्ण रुपमा प्रतिवन्ध लगाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्