फिल्म क्षेत्रमा बेथिति नै बेथिति ?



फिल्म क्षेत्रमा समस्या नै समस्या र बेथिति नै बेथिति रहेको सरोकारवालाहरूले बताएका छन्। चलचित्र पत्रकार संघ नेपालले नेपाल चलचित्र निर्माता संघको सहकार्यमा नया“ वर्षको अवसरमा राजधानीमा आयोजना गरेको चियापान समारोह तथा चलचित्र क्षेत्रका बेथिति विषयक अन्तक्र्रिया कार्यक्रममा फिल्मकर्मीहरूले सो बताएका हुन्।

कार्यक्रममा चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन गरिएको थियो। अन्तक्र्रियामा बोल्दै बोर्ड अध्यक्ष भट्टराईले फिल्म क्षेत्रमा समस्या नै समस्या रहेको बताए। ‘चलचित्र निर्माण, वितरण र प्रदर्शनमा धेरै समस्या छ। त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण सम्भव छैन। मेरो पहिलो काम चलचित्र नीतिलाई कार्यान्वयन गराउनु हुनेछ।

त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितिको समाधान खोज्न सजिलो हुन्छ’, भट्टराईले भने– ‘हामी विभिन्न समयमा चलचित्र क्षेत्रमा देखिएका समस्याका बारेमा छलफल गर्छौं, समस्या निकाल्छौं तर समाधान गर्न सक्दैनौं। त्यसैले अब चलचित्र नीतिले मात्रै समाधान गर्न सक्छ।’ उनले आगामी आर्थिक वर्षभित्र देशैभर बक्स अफिसको परीक्षण गरिने र पूर्ण कार्यन्वयनतिर अग्रसर हुने बताए।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधानतिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको आरोप लगाए। अधिकारीले निर्माताका धेरै समस्याका बारेमा चलचित्र संघस“ग सम्झौता भए पनि कार्यान्वयन नभएकोसमेत बताए। उनले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनि बताए। ‘कलाकारले आफूलाई रिजर्भ गर्न नसक्नु, दिनचार्यदेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारश्रमिकको माग गर्नुजस्ता समस्याहरू कलाकारमा छ’, आकाशले भने– ‘वितरण र प्रदर्शनको समस्यामा निर्माता मारमा परेका छन्। यसमा सहकार्य र समन्वय गर्न विकास बोर्डलाई आग्रह गर्दछु।’
नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले फिल्म क्षेत्रमा कोही पनि इमानदार नभएको आरोप लगाउ“दै फिल्मकर्मीमा सम्मान र सद्भाव नै नरहेको दाबी गरे। ‘आफ्नो चलचित्र आउ“दा सबै जायज र अरूको चलचित्र आउ“दा सबै कमजोरी देख्ने समस्या यहा“ छ। यस्तै प्रदर्शन र वितरणमा गलत समाचार दिने निर्माताहरू जिम्मेवार छन्’, प्रदीपको भनाइ थियो– ‘आफ्नो वास्तविक व्यापार लुकाएर मिडियामा प्रचारबाजी व्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्य हुनुपर्छ।

कलाकारले पनि आफ्नो पारश्रमिक बढी दाबी गर्नु गलत छ। पारिश्रमिक बढी माग्ने कलाकारले व्यापारको केही प्रतिशत जिम्मेवारी लिनुपर्छ।’ चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले निर्माताहरूले नै गलत समाचार सम्पे्रषण गरिरहेको बताए। ‘पत्रकारको काम सही सूचना दिने हो। तर सूचना आउने स्रोतबाट नै गलत तथ्यांक आएपछि त्यसको जवाफदेहिता स्रोत अर्थात् निर्माताले नै लिनुपर्छु सापकोटाको भनाइ थियो।

वितरक गोपालकाजी कायस्थले वितरकबीचमै प्रतिस्पर्धा रहेको बताए। अरूको अस्तित्व स्वीकार गर्न नसक्नुले वितरकको राजनीतिमा नेपाली निर्माताहरू मारमा परेको उनले बताए। अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले समग्र फिल्म क्षेत्र सबैको साझा भएकाले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताइन्। कार्यक्रममा वर्ष २०७५ को समीक्षागत अवधारण कार्यक्रम संयोजक तथा संघका सचिव समीर बलामीले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्